- जयकृष्ण यादव

इनरुवा । सुनसरीको कोशी गाउँपालिकामा मानव अधिकार समूह गठन भएको छ । इन्सेकको परियोजना परिचयात्मक कार्यक्रम मंसिर २५ गते सम्पन्न भएकोमा सोही भेलाले दिएको सुझावको आधारमा मंसिर ३० गते मानव अधिकार समूह गठन भएको हो । सुनसरीको कोशी गाउँपालिकामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) विराटनगरको आयोजनामा शिक्षा, स्वास्थ्य र खाध्य अधिकारका लागि समुदायलाई सचृत पार्दै जिम्मेबार निकायलाई जवाफदेहि बनाउने परियोजना अन्तरगत अनिता उराँवको अध्यक्षतामा मानव अधिकार समूह कोशी गठन कार्यक्रम सम्पन्न भएको हो ।

समूहको उपाध्यक्षमा श्यामकुमार खंग, सचिवमा पप्पुकुमार यादव, सहसचिवमा सशित यादव र कोषाध्यक्षमा रिना मण्डल चयन भएका छन् । सदस्यहरुमा मोति मेहता, अरुण भुसुकुलिया, साजन पाठक, विष्णुकुमार यादव, कविता मण्डल, चन्द्रकला नेपाल, निर्मला आर्चाय, गिता पौडैल, राजकुमार शर्मा, ज्ञानु खातुन र विध्यानन्द यादव लगयातका चयन भएका छन् । मानव अधिकार समूहको पहिलो बैठकले कोशीमा रहेको वडाहरुको समस्या पहिचानका लागि समूहले अनुगनम गर्ने, गाउँमा शिक्षा, स्वास्थ्य र खाध्य अधिकारको अवस्था विशलेषण गर्ने र समूहलाई सकृय पार्ने निर्णय गरेको छ । बैठकमा इन्सेकका सहजकर्ता मिना साहले सहजिकरण गर्नुभएको थियो । यस अन्तर्गत गठित मानव अधिकार समूहले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारमाथि पहँुचका लागि मागदावी गर्न क्षमता वृद्धि गर्ने र अधिकारहरुको परिपुर्तिको लागि स्थानीय सरकार तथा सम्बन्धित निकायलाई जबाफदेही बनाउने भूमिका निर्वाह गर्नेछ ।

भेलाले सो गाउँपालिकाको ८ वटै वडाको प्रतिनिधित्व हुने गरी उराँवको संयोजकत्वमा १५ सदस्यीय मानव अधिकार समूह गठन गरेको हो । समूहको पहिलो बैठकले आगामी एक महिनाभित्र आफूले प्रतिनिधित्व गरेको वडामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको क्षेत्रमा समस्या पहिचान गर्ने निर्णय गरेको इन्सेक सहजकर्ता मिना साहाले बताउनुभयो । सम्पन्न भएको भेलामा कोशी गाउँपालिकाका उपाध्यक्ष अनितादेवी यादवले स्थानीय सरकार मानवअधिकार प्रति प्रतिवद्ध रहेको जनाईन । यादवले कोशी गाउँपालिकाको सबै सामुदायिक विद्यालयमा गाउँपालिकाको तर्फबाट निजी श्रोतका शिक्षक राखेर शिक्षाको अधिकारको लागि काम गरेको र कोशीको आठ वटै वडामा जनताको लागि स्वास्थ्य चौकी सथापना गरेको , प्रायः स्थानीय सरकारको काममा मानव अधिकार र मौलिक हकमा तोकिएको हकहरुको पूर्ण रुपमा कार्यान्वयन गर्ने गरि काम गरिरहेको यादवले बताइन ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia