इनरुवाको वडा नम्वर ६ मा प्रदेश सरकारको लगानीमा ३२ करोड लागतमा सडक कालोपत्रे हुने भएको छ ।एक नम्बर प्रदेश सरकार मातहत रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयको ३२ करोड ८६ लाख ६ हजार ९ सय १८ रुपैंयाको लागतमा ढलनाला सहितको कालोपत्रे सडक निर्माणको कार्य मधेशामा अघि बढाइएको छ ।पूर्वाधार विकास कार्यालय मोरङले कार्यान्वयनको जिम्मा पाएको उक्त पूर्वाधार संरचना निर्माणको ठेक्का भने शर्मा भिमेश्वर जेभीले पाएको छ । आयोजना सम्पन्न गर्ने मिति २०७८ अशोज २३ गते सम्मलाई तोकिएको छ ।


इनरुवाको ५,६ हुँदै रामधुनीदेखि सैनिमैनी सडक नाम दिइएको आयोजनालाई ६ नम्वर वडा कार्यालयले वडावासीसँगको समन्वय, सहकार्य र आमभेला मार्फत स्विकृत गराई कार्यान्वयनको प्रकृयामा अघि बढाइएको जनाएको छ ।वडागत पहलमा प्रदेश मन्त्रालयबाट उक्त आयोजना भित्र्याइएको बताउने वडाध्यक्ष कोषराज अधिकारी ढलनाला र पेटी सहितको कालोपत्रे सडक प्रदेशकैलागि नमूना हुने दावी गर्छन् ।

वडाध्यक्ष अधिकारीले वडावासीसँगको समन्वयमा ५६ फिट बाटो कायम गरि सो परिधिभित्र ७ मिटरको कालोपत्रे सहितका संरचना निर्माण गरिने बताए । सडक निर्माणकालागि स्थानीयवासीसँगको सहमतिमा तय गरिएको क्षेत्र भित्र पर्ने संरचना र बोटबिरुवा हटाएर खाली गर्ने काम समेत थालिएको अधिकारीले बताए । सडक पोलबत्ति जडानको काम भने वडाकै पहलमा गरिने वडाध्यक्षले बताए ।

गाउँमा फराकिलो र नमूना बाटो बन्ने भएपछि वडावासी समेत हौसिएका छन् । विकासमा अवरोध नगर्ने भन्दै स्वयं स्थानीयले पूर्वाधार निर्माणलाई चुस्त र मजबुत बनाउन खबरदारी समेत गर्दै आएका छन् ।हेमनारायण चौधरी स्थानीय सामाजिक अगुवाहरुको सहयोगमा वडाको पहल सार्थक बन्नु गाउँको बिकासकालागि कोशेढुङगा सावित भएको दावी गर्छन् । प्रदेश सरकारले वडालाई प्राथमिकतामा राखी बहुवर्षिय योजनामा समावेश गरेको योजनाले अन्य संरचना निर्माणमा समेत थप निरन्तरता पाउनेमा विश्वस्त रहेको चौधरी बताउँछन् ।सडक निर्माणका क्रममा आउन सक्ने सम्भावित अवरोध र विरोधलाई मध्यनजर गर्दै पूर्ववत रुपमै सम्बोधनको प्रयास गरिसकिएको कार्यपालिका सदस्य मनु चापागाईको भनाई छ । साविकको ८ नम्वर वडामा बसोवास गर्दै आएका सुकुम्बासीको यथोचित व्यवस्थापनकालागि सम्वन्धित परिवार र सरोकारवालाबिचको बैठक गरि समयसीमा तोकिएको चापागाईले बताइन् । बाटो छेउमा बस्दै आएका करिव १५ घर परिवार मध्ये अधिकांशको आफ्नै जग्गा रहेको र बाँकी केहिले समेत वडासँगको निर्णय सर्वसम्मत मान्य हुने माइन्यूट गरेकाले वडाको विकासमा सबैको सहभागिता प्रष्टिएको उनको भनाई छ ।

प्रदेशको योजना पूर्व मधेशामा स्थानीय र वडाकै पहलमा केहि भागमा कालोपत्रे सम्पन्न भएको थियो । सोही कामको प्रगति मूल्याङकनका आधारमा प्रदेश मार्फत डीपीआर पश्चात पछिल्लो बहुवर्शीय योजना अघि बढेको समाजसेवी बाबुराम घिमिरेको भनाई छ । नगरपालिकाबाट समेत बिकासे योजनाहरु संचालनको क्रममै रहेकाले वडा नम्बर ६ बिकासमा अब्बल सावित बन्दै गएको वडावासीको ठहर रहेको छ ।

वडा कार्यालयले बिकास निर्माणमा साथ र सहयोगकालागि सबैमा आग्रह समेत गरेको छ । केहि व्यक्तिहरु वडाको विकास देखेर तर्सिएको तर्फ इङिगत गरेको वडाले बिकासमा राजनीति शोभनीय नहुने जनाएको छ । उसले व्यक्तिगत र पार्टीगत जस लिने दौडमा कुदेका व्यक्तिहरुलाई वास्तविकतालाई आत्मसाथ गर्न सुझाएको छ । वडा कार्यालयले बिकासकालागि स्थानीयसँय गरिएका सहमति ६ नम्वर वडाकालागि आफैंमा उदाहरणीय रहेको बताएको छ । वडा कार्यालयले बिकासमा बाधा पर्ने खालका अर्नगल प्रचारबाजी मान्य नहुने भन्दै झुटको खेती नगर्न समेत भनेको छ ।


नगरपालिकाले निर्माण गर्नुपर्ने जिम्मेबारी अन्र्तगतका सडक खण्डहरु अन्य स्रोतबाट जुटाएर सम्पन्न हुनु नगरकैलागि लाभकारी हुने वडा कार्यालयको ठहर छ । वडा कार्यालयले प्रदेश सरकारको सहयोगमा संचालित योजना सम्पन्न भएपश्चात मन्त्रिसहित सरोकारवालाको उपस्थितिमा अनुगमन र औपचारिक कार्यक्रम समेतको आयोजना गरिने जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia