सुनसरीका प्रमुख मालपोत अधिकृत धुव्र कोइरालालाई लेखापढी व्यवसायीले हातपात गरेका छन् ।कार्यालय समय सकाएर कार्यालय बाहिर निस्कदै गर्दा भूमिसुधार तथा मालपोत कार्यालय सुनसरीका प्रमुख कोइरालामाथि हातपात तथा दुव्र्यहार गरिएको हो । कोइरालालाई इनरुवाकै लेखापढी व्यवसायी जिब्राइल अन्सारीले दुव्र्यहार गर्नुका  साथै कुटपिट गरिएको बताइएको छ ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार मालपोत प्रमुखमाथि कठालो समातेर कुटपिटनै गरिएको छ । हातपात गर्न थालिएपछि कार्यालय प्रमुख उम्केर भागेका थिए । उनलाई कर्मचारीहरुले जोगाएर सुरक्षित स्थानमा लगेका थिए ।मालपोत प्रमुख उपर हातपात तथा कुटपिटको आरोप लागेका अन्सारी नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसन सुनसरीका उपाध्यक्ष हुन् । कार्यालय प्रमुख माथि दुव्र्यवहार गरिएको घटनाप्रति मालपोतका कर्मचारीले रोष प्रकट गरेका छन् ।पीडित कोइराला सहित कार्यालयका कर्मचारीहरुले जिल्ला प्रहरी कार्यालयमा पुगेर अन्सारी उपर कानुनी कार्वाहीको माग गर्दै उजुरी समेत दिएका छन् । मालपोतका कर्मचारीहरुले लेखापढी व्यवसायीबाट भएको कुटपिटको घटनालाई गम्भिर रुपमा लिएको बताएका छन् ।मालपोत प्रमुख कोइरालाले आफुमाथि सुनियोजित रुपमा आक्रमण भएकाले घटनामा संलग्नलाई पक्राउ गरि कार्वाहीको माग गरेका छन् । सुनसरी प्रहरीले आवश्यक कार्वाहीको प्रकृया अघि बढाइएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia