- बिरेन्द्र शाह

इनरुवा नगरपालिकामा राज्यको सम्पत्तिको चरम दुरुपयोग भएको पाईएको छ। इनरुवा नगरपालिका वडा नं. १ कार्यालयको अधिनमा रहेको को १द ज्ञ १०४ नम्बरको ट्रयाक्टर व्याक्तिगत प्रयोग ल्याउने गरेको पाइएको छ।हिजो बुधबारका दिन इनरुवा ४ मा अवस्थित नया बसपार्कको छेउमा उक्त इनरुवा नगरपालिका वडा नं. १ को ट्रयाक्टर व्याक्तिगत प्रयोगमा ल्याइएको पाईएकोछ। ट्रयाक्टर खेतमा राखिएको पराल ढुवानी गर्नकालागि प्रयोगमा ल्याईएको हो।

यसबारेमा इनरुवा वडा नं. १ का वडा अध्यक्ष रामचन्द्र पौदार संग प्रतिक्रिया लिदा “म यस बारेमा अनभिज्ञ छु, मलाई यस बारेमा केहि पनि जानकारी छैन” भनि जवाफ दिए। वडा कार्यालयमा पार्किंगको उचित व्यवस्था नहुदा उक्त ट्रयाक्टर नगरपालिका परिसर मै पार्क गरि राख्ने गरिएको छ। वडा अध्यक्ष पौदारका अनुसार ट्रयाक्टर चालक स्वंमले व्याक्तिगत प्रयोजनमा ल्याईएको हुन सक्ने दावि गरे।नगरपालिकामा रहेको सार्वजानिक सम्पत्तिको चरम दरुपयोग भएको नगरवासिको बुझाई छ। जनताले तिरेको करको सहि सदुपयोग नभएको साथै जनप्रतिनिधिबाट गैर जिम्मेबारिपुर्ण जवाफ आउदा जनमान्समा असन्तुष्टिको छाप प्रष्ट देख्न पाईन्छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia