इटहरी/ सुनसरीको बराहाक्षेत्र नगरपालीका वडा नं ५ स्थित खेमराज प्रधानको कुखुरा पाल्ने खोर मुनि गाडेर राखेर अवस्थामा एक थान एसएमजि र बिभिन्न हतियारमा प्रयोग हुने ९ हजार ९८२ राउण्ड गोली फेला परेको छ ।

पुर्वी पृतना मुख्यालय इटहरीलाइ प्राप्त बिशेष सुचनाको आधारमा नेपाली सेनाले गाडेको ठाउबाट खनेर निकालेको हो । करिब ५ बर्ष अगाढी ढलाइ गरेर निमार्ण गरेको कुखराको खोरमा भेटिएको गोली तत्कालीन द्धन्द्कालमा प्रयोग भएको गोली र हतियार हुन सक्ने अनुमान गरिएको छ । धेरै बर्ष देखि उत्त ठाउमा खेमराज प्रधानले कुखुरा पालन समेत गर्दै आएका थिए । प्ररम्भीक चरणमा प्रहरीले मुचुल्का उठाउदै यो कहिले र कस्ले गोडेर राखेको भन्न नसकिए पनि अनुसन्धन बाट खुल्दै जाने सुनसरीका प्रहरी उपरिक्षक यज्ञ बिनोद पोख्रेलले बताए । शसस्त्र द्धन्द्कालमा प्रयोग भएको हुन सक्ने अनुमान गरिएको गोली तिन वटा प्लाष्टिकको ड्रममा व्यवस्थित ढंगले गाडेर राखिएको थियो । नेपाली सेनाको बिशेष सक्रियतामा गाढिएको अवस्थाबाट निकालीएको उक्त गोलीहरुलाई कानुनि प्रक्रिया अनुसार सुरक्षित राखिने प्रहरीले जनाएको छ ।








