इनरुवा जेसिसको अध्यक्षमा चन्दन यादव चुनिएका छन् । इनरुवा जेसिस वर्ष २०२० कालागि भएको नयाँ कार्य समिति चयनको चुनावी प्रकृयाबाट अध्यक्षमा चन्दन निर्वाचित भएका हुन् ।

नयाँ कार्य समितिको कार्यकारिणी उपाध्यक्षमा पुष्पा निरौला खरेल र सतिश साह रहेका छन् । त्यसैगरी उपाध्यक्षमा दिपाश्री निरौला, अमेन्द्र मेहता, सञ्जय यादव र बिकेश मेहता चयन भएका छन् । जेसिस इनरुवाको नयाँ कार्य समितिले जेसिस मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसाथ गर्दै संगठनात्मक हक र हीतको सवालमा काम गर्ने प्रतिवद्धता जनाएको छ ।

अध्यक्षमा चुनिएका यादवले इनरुवामा जेसिस भवन निर्माणको पूर्णतासँगै अग्रजहरुको योगदानमा सम्मान र सामाजिक हीतमूखी क्रियाकलाप लगायतका कार्यक्रमलाई प्राथमिकतामा राखिने बताएका छन् । सहमति र सहकार्यको भावनालाई आत्मसाथ गर्दै अघि बढ्ने प्रतिवद्धता समेत उनले जनाएका छन् । यादवले आफ्नो कार्यकाल उदाहरणीय बनाउने अठोट समेत गरेका छन् ।इनरुवा जेसिसको नयाँ कार्य समितिका सबै पदाधिकारी निर्विरोध चयन भएको पूर्व अध्यक्ष तथा वर्ष २०२० को चुनावी प्रकृयाकालागि प्रमुख निर्वाचन आयुक्तको जिम्मेबारी पाएका जेसी धिरज भट्टराईले बताए । नयाँ कार्यसमिति इनरुवा जेसिसको ३६औं वार्षिक साधारण सभा पछिको चुनावी प्रकृयाबाट चयन भएको हो ।








