इनरुवा। आफुमाथि लगाइएको बलात्कारको आरोप झुटो भएको दाबी गर्दै आएका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले अनुयायीसँग गरेको टेलिफोन वार्तालापको अडियो मेल खाएको छ ।सुनसरी जिल्ला अदालत समक्ष्य मिसिल बुझाउने तयारी गर्दै गर्दा प्राप्त स्रोतको जानकारी अनुसार कृष्णदासले आफ्नो नभएको भनेको अडियोमा उनकै आवाज मेल खाएको छ। स्रोतका अनुसार विधि विज्ञान प्रयोगशालाबाट प्राप्त रिपोर्टमा टेलिफोन रेकर्डमा अनुयायीलाई मुद्धा फिर्ता लिन कृष्णदासले गरेको आग्रह र आफ्नो गल्ती स्विकारेको आवाज ७७ प्रतिशत मेल खाएको छ ।

स्रोत भन्छ, “प्रमाणकालागि ५० प्रतिशतनै काफी हुन्छ। प्राप्त रिर्पोटमा कृष्णदासको ७७ प्रतिशत आवाज म्याच भएको छ ।” मिसिलका रुपमा अडियो परीक्षण रिर्पोटसँगै अन्य रिपोर्टका साथै पीडितको बयान र प्रहरी अनुसन्धानको प्रतिवेदन अदालत समक्ष्य बुझाउने तयारी भएको स्रोतको भनाई छ । स्रोतका अनुसार पीडित महिलाले कृष्णदासले आफुलाई कोठामा बलात्कार गरेको आरोप लगाएकी छिन् । सुनसरी प्रहरीले सम्पूर्ण कागजात सरकारी वकिल कार्यालयमा बुझाई सकिएको जनाएको छ । डीएसपी बिनोद शर्माले सरकारी वलिक कार्यालय मार्फत कृष्णदाससँग सम्वन्धित मिसिल आज अदालत बुझाइने बताए ।

आज अदालतमा मिसिल बुझाएपनि थुनछेकको प्रकृया भने भोलिबाट मात्र सुरु हुने भएको छ । आज अबेर सम्म पनि मिसिल अदालतमा नबुझाइएकाले मुद्दा दर्ता बाहेकको काम सम्भव नहुने कानुन व्यवसायीहरुको भनाई छ । १० बजे पछि पेश भएको मुद्दामा थुनछेकका लागि गोला नहानिने यसअघिनै सुनसरी बार र बेन्च बीच सहमती भएको छ । सो सहमती अनुरुप आज अदालतमा सरकारी वकिल मार्फत मिसिल दर्ता मात्र हुने छ । बयान लगायतका अन्य अदालती प्रकृया भोलिबाट मात्र सुरु हुने कानुन व्यवसायीहरु बताउँछन् । थुनछेक बहसको प्रकृया नलम्बिएमा एक दिनभित्रै सकिन्छ । सम्भवतः अदालतले भोलिनै कृष्णदासको मुद्दाको सवालमा छिनोफानो गर्न सक्ने कानुन व्यवसायीहरुको अनुमान छ ।

कृष्णदासका सवालमा सादा तारेख, धरौटी वा पूर्पक्ष्य मध्ये कुनै एक आदेश अदालतबाट हुन सक्ने कानुन व्यवसायीहरु बताउँछन् । प्रहरीले मिसिलसँगै कृष्णदासलाई समेत अदालतमा उपस्थित गराउँछ वा गराउँदैन भन्नेमा यकिन भैसकेको छैन् । डीएसपी शर्माले कृष्णदासको मिसिल मात्र अदालत बुझाइने बताएका छन् भने कानुन व्यवसायीहरु मिसिलसँगै कृष्णदासलाई समेत अदालत टेकाउनु पर्ने धारणा राख्छन् ।

कानुन व्यवसायीहरु भन्छन्ः मिसिल सँगै कृष्णदासलाई अदालत उपस्थित गराउँदा आजको मितिमा मुद्धा दर्ता बाहेक अन्य अदालती प्रकृया अघि बढ्ने सम्भावना छैन् । सो अवस्थामा अदालतबाट कुनै आदेश नहुँदा आरोपितलाई अस्पतालमा पुर्याएर राख्ने बाटो कानुनी रुपमा प्रहरीले पाउँदैन् । सो अवस्थामा कृष्णदासलाई प्रहरी हिरासतमै राख्नु पर्ने अवस्था सिर्जना हुन जान्छ ।”

कृष्णदासलाई आज अदालतमा पेश गर्ने सूचनाका आधारमा उनको समर्थनमा महिला अनुयायीहरु अदालत परिषर बाहिर भेला भएका छन् । भोलिकालागि भने पीडितको तर्फबाट कृष्णदासलाई कार्वाहीको माग सहित महिला अधिकारका क्षेत्रमा कार्यरत संघसंस्थाले दबाब मूलक कार्यक्रम गर्ने तयारी थालेको बुझिएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia