इनरुवा।अनुयायी बलात्कारको अभियोग लागेका कृष्णबहादुर गिरीको थुनछेक बहसलाई मध्यनजर गर्दै सुनसरी जिल्ला अदालत परिषर बाहिर निषेधाज्ञा जारी गरिएको छ । पक्ष र विपक्षमा सर्मथकहरुको नारा जुलुस र भीडलाई मध्यनजर गर्दै अदालत परिषर बाहिरको करिब २० मिटर वरिपरीको क्षेत्रमा प्रवेश निषेध गरिएको छ । सो क्षेत्रमा नाराबाजी र प्रर्दशनलाई बन्देज गरिएको छ ।
https://www.facebook.com/inaruwaonline/photos/pcb.1015897655475226/1015897012141957/?type=3&av=112654112466256&eav=Afbj6mCNrapToLpIJPXavo7nuZqgD9ZpJay7s5eIjhWTcoioo8kqQavpCmfzV14rvxo&theater
प्रहरीको निषेधाज्ञा पश्चात सो बाहिरको क्षेत्रमा समर्थन र विरोधमा नाराबाजी थालिएको छ । यसैबिच प्रहरीले कृष्णबहादुर गिरीलाई अदालत उपस्थित गराएको छ । प्रहरीले उनलाई बिराट नर्सिङ होमबाट एम्बुलेन्समा राखी अदालतमा उपस्थित गराएको छ । अदालतले थुनछेकको प्रकृया सुरु भएको जनाएको छ ।
https://www.facebook.com/inaruwaonline/photos/pcb.1015897655475226/1015897025475289/?type=3&av=112654112466256&eav=AfY005IPRuEQ2sIROk6vruJ40H1cWBrsRWb39oJ4-EqwqJIAbTflkukdTjY5aREsCak&theater
https://www.facebook.com/inaruwaonline/photos/pcb.1015897655475226/1015897055475286/?type=3&av=112654112466256&eav=AfZXVG5w7rcdJ5YO9qiU27n39mLrGbf6-P4bQ6Hc9DF9ekGtTXrhAbL4WKd4WwLILso&theater








