- जयकृष्ण यादव

इनरुवा। सुनसरीको गढी गाउँपालिका–३ र ४ नम्बर वडाका ९० जना जेष्ठ नागरिक,एकल महिला र अपांग्ता भएका व्यक्तीहरुलाई जाडोबाट बच्नका लागि आईतबार कम्बल वितरण गरेको छ । दुई वटा वडा कार्यालयले ४५÷४५ जनाका दरले ९० जनालाई जाडोबाट बच्नका लागि कम्बल वितरण गरेको गढी ३ वडा अध्यक्ष टुनालाल चौधरीले जानकारी दिनुभयो । चौधरीका अनुसार ३ र ४ नम्बर वडा कार्यालयले छिटामा जेष्ठ नागरिक र एकल महिलाहरू तथा अपांगता भएकालाई जाडोमा कम्बल वितरण गरेको हो ।

दुवै वडाभित्रका ६५ वर्ष उमेर पुगेका जेष्ठ नागरिकहरु, एकल महिलालाई जाडो मौसमसँगै न्यानो कपडा वितरण गरिएको गढी ४ नम्बर वडा सचिव वद्री नारायाण खेरवारले बताउनुभयो । वहाँले भन्नुभयो ‘जेष्ठ नागरिकको स्वास्थ्यमा ध्यान दिदैँ एक÷एक थान कम्बल वितरण छ,’ ‘जसले गर्दा जेष्ठ नागरिकलाई न्यानोको महसुस होस।’ जेष्ठ नागरिकहरुका लागि आगामी वर्ष पनि विषेश कार्यक्रम सञ्चालन गरिने गढी ४ नम्बर वडा अध्यक्ष रामचन्द्र महतोले बताउनुभयो ।गाउँमा जनप्रतिनिधि आएपछि जाडोमा न्यानोका लागि ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्न र उनीहरुको मनोबल उच्च राख्न कमल वितरण सम्मान गरिए वडा सदस्य ललति चौधरीले बताउनुभयो ।कम्बल वितरण कार्यक्रममा वडा सदस्यहरु मानकुमारी थरुनी,बुधनी मण्डल, भरतकुमार साह,इन्द्रदेवी ऋषिदेव,ललति चौधरी,चन्देश्वर साह,पञ्चलाल मेहता लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia