- अमर काफ्ले

अनुयायी बलात्कारको आरोपमा पक्राउ परेका सुनसरीको चतराका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी ३ लाख धरौटी बुझाएर तारेखमा छुटेका छन् ।दुई दिन सम्म चलेको थुनछेक बहस सकिए पछि आज सुनसरी जिल्ला अदालतले गिरीको पक्षमा आदेश सुनाएको हो । जिल्ला अदालत सुनसरीका मूख्य न्यायाधीश राधाकृष्ण उप्रेतीको एकल इजलासले गिरीसँग ३ लाख धरौटी माग गरेको हो ।

श्रेष्तेदार नगेन्द्रकेशरी पोखरेलका अनुसार उपलब्ध प्रमाणका आधारमा प्रतिवादी गिरीले जबरजस्ती करणी गरेको भनी पुर्पक्षकालागि थुनामा राखी कार्वाही गर्नु औचित्यपूर्ण नदेखिएकाले अदालतले धरौटीमा छोड्न आदेश दिएको हो । अदालतको आदेश पश्चात गिरी पक्षले आजै धरौटी बुझाएको छ । अदालतले गिरीकालागि पहिलो तारिक माघ ५ गतेलाई तोकेको छ ।

अदालती प्रकृया पुरा गरी कृष्णदासलाई प्रहरी सुरक्षाका साथ एम्बुलेन्समा राखी पूनः बिराटनगर स्थित बिराट नर्सिङ होम फर्काइएको छ । उनका अनुयायीहरुका अनुसार अस्पतालमा आराम गरेपश्चात बाबा आश्रम फर्किने छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia