प्रदेश सरकारको लगानीमा मधेशामा बन्न लागेको ३२ करोड लागतको कालोपत्रे सडकको प्रदेश सांसद राजिव कोइरालाले शिलान्यास गरेका छन् ।
एक नम्बर प्रदेश सरकार मातहत रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयको ३२ करोड ८६ लाख ६ हजार ९ सय १८ रुपैंयाको लागतमा इनरुवाको वडा नम्वर ६ मा बन्न लागेको ढल नाला सहितको कालोपत्रे सडकको प्रमुख प्रतिपक्षी दलका नेता कोइरालाले शिलान्यास गरेका हुन् ।


पूर्वाधार बिकास कार्यालय बिराटनगरले आयोजना गरेको कार्यक्रमकाबिच कोइरालाले सडक शिलान्यास गरेका हुन् । उक्त संरचना निर्माणको ठेक्का शर्मा भिमेश्वर जेभीले पाएको छ ।
इनरुवाको ५,६ हुँदै रामधुनी देखि सैनिमैनी सडक नाम दिइएको आयोजना सांसद कोइरालाको पहलमा बहुवर्षिय योजनाका रुपमा पर्न सफल भएको नेपाली कांग्रेसका नेताहरुको दावी छ । कार्यक्रममा सांसद ज्योति सुब्बा, काँगे्रस नेताहरु केदार भण्डारी, सुमन थापा, रोशन खड्का लगायतकोे उपस्थिति रहेको थियो ।
इनरुवाको वडा नम्बर ६ मा उक्त सडक संरचना निर्माणाधिन अवस्थामा रहेको भएपनि सडक शिलान्यास कार्यक्रममा वडाका कोही कुनै प्रतिनिधीको उपस्थिती भने देखिएन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia