इनरुवा। नेपाली काग्रेसका पार्टी सभापति शेरबहादुर देउवा तथा शिर्ष नेताहरु इनरुवा आएका छन । नेपाली कांग्रेसले ४४ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर सभापति देउवा तथा शिर्ष इनरुवा आएका हुन । पार्टी सभापति शेरबहादुर देउवा, बिजय गछदार तथा ज्ञानेन्द्र कार्की लगायतका शिर्ष नेताहरु आएका हुन। नेपाली काग्रेस सुनसरीले आजै नेपाली काँग्रेसका केन्द्रिय सदस्य महेश आचार्य र नेपाली काग्रेस धरानका नवनिर्वाचित मेयर तिलक राईलाई सम्मान गर्ने नेपाली काग्रेस सुनसरीका सभापति राजिव कोईरालाले बताए ।

स्वर्गीय नेता बीपी कोइराला र गणेशमान सिंह तत्कालीन समयमा राणा शासनविरुद्ध लड्न नेपाल फिर्ता भएको दिनको स्मरण गर्दै ३७ वर्षअघि राष्ट्रिय एकता र मेलमिलाप दिवस मनाउन थालिएको थियो । कोइराला र सिंह २०३३ सालमा ज्यानको बाजी लगाएर निर्वासनबाट स्वदेश फर्केका थिए । सोही दिनलाई स्मरण गर्दै पुस १६ गतेलाई एकता र मेलमिलाप दिवसका रूपमा नेपाली कांग्रेसले मनाउँदै आएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia