इनरुवा। सुनसरी काग्रेसले आयोजना गरेको ४४ औ मिलमिलाप दिवस तथा सम्मान कार्यक्रममा अधिकांस नेताहरुले काग्रेसभित्रको गुट बलियो भाईसर बन्दै गएको बताए । नेपाली काग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी भित्रको आन्तरीक विवादले आफु वाक्क भएको बताए । पार्टी भित्र पौडेल पक्षले बखेडा झिकेर विवाद बढेको भन्दै उनले पटक पटकको आग्रह नमान्दा बहुमतको आधारमा निर्णयहरु गरेको बताए । सभापति देउवाले बाध्यताले आफुले बहुमतले केहि निर्णयहरु गरेको जनाउँदै उनले काम गर्दा पनि जस नपाएको बताए । आफुलाई पौडेल पक्षले जहिल्यै पेल्ने काम गरेको उनको आरोप थियो ।

नेपाली काग्रेसका उपसभापति विजय गच्छदारले पार्टीलाई शशक्त बनाउँने हो भने सहमती र एकताको लागि पाठ सिक्न पर्ने बताएका थिए । नेपाली काग्रेस सुनसरीका सभापति राजिव कोईरालाले पार्टी भित्रको आन्तरीक विवाद नभएकै कारण सुनसरी काग्रेस नेकपा भन्दा बहियो भएको बताएका थिए । गुटउपगुट सुनसरीका नभएको उनको जिकिर थियो ।

नेपाली काग्रेस सुनसरीले अकायोजना गरेको ४४ औ मिलमिलाप दिवस कार्यक्रममा नेपाली काग्रेस भित्रको गुटउपगुटले नै प्रथामिकता पाएको छ । नेपाली काग्रेसका नेता तथा कोशी गाउपालिकाका अध्यक्ष अयुव अन्सारीले काग्रेस भित्रको गुट अन्त्य भए मात्र मिलमिलापको अर्थ रहने बताए । देशभर काग्रेसको किचलो भएको भन्दै पार्टी असन्तुष्ट पोखे ।

नेपाली काग्रेसका केन्द्रिय सदस्य नरेन्द्र चौधरीले काग्रेस भित्रको गुटमा मिलमिलापको आवश्यकता रहेको बताए । पार्टी भित्रको आन्तरीक झगडा सतहमा आएको भन्दै यसले पार्टीलाई क्षती पुग्ने बताएका थिए । पार्टीमा एकता र मिलमिलाप खोज्न सुनसरी आउँन अधिकांस वक्ताले केन्द्रिय शिर्ष नेताहरुलाई चुले निम्तो दिएका थिए ।

नेपाली काग्रेसका केन्द्रिय सदस्य मिन विश्वकर्ताले पार्टी भित्रको आन्तरीक झगडाको सामधान मेलमिलापबाटै हुनु पर्ने बताएका थिए । नेपाली काग्रेसका केन्द्रिय सदस्य ज्ञानेन्द्र कार्कीले गुट भित्रको राजनीति छोडे देशभर काग्रेस हाबी हुने बताए । त्यस्तै महेश आचार्यले वहुमतको आधारमा कार्यकर्ताको जनभावना विपरित निर्णयहरु गरेको भन्दै सभापतिलाई विवेक पुराउँन आग्रह गरे ।

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, लौहपुरुष गणेशमान सिंह, नेत्री शैलजा आचार्य र नेता खुमबहादुर खड्कालगायत मेलमिलापको नीति लिएर २०३३ पुस १६ गते स्वदेश फर्किएका थिए । नेपालमा केही समय जेल जीवन बिताइसकेपछि २०२५ सालमा भारत प्रवासमा गएका नेताहरू राष्ट्रियतामाथि खतरा देखिएको भन्दै आठ वर्षे प्रवास जीवन त्यागेर राष्ट्रिय एकता तथा मेलमिलाप नीति लिएर २०३३ पुस १६ गते स्वदेश फर्किएका थिए ।

धरानको मेयर तिलक राई सहित ६ जना सम्मानीत

नेपाली काग्रेस सुनसरीले आयोजना गरेको ४४ औ मेलमिलाप दिवसको अवसरमा सुनसरी काग्रेसले ६ जनालाई सम्मान गरेको छ। नेपाली काग्रेस सुनसरीले धरानका नवनिर्वाचित मेयर तिलक राई सहित सम्मान गरेको छ । राई सहित नेपाली काग्रेसका ३ नम्बर क्षेत्रीय सभापति सुरेशमान श्रेष्ठ र इनरुवाका ४ वडा अध्यक्षहरुलाई सम्मान गरिएको थियो ।

लामो समय पछि धरानको मेयर काग्रेसका राईले जितेको भन्दै उनलाई सम्मान गरिएको नेपाली काग्रेस सुनसरीका सभापति राजिव कोईरालाले बताए । मेयर राईलाई नेपाली काग्रेसका केन्द्रिय सभापति शेरबहादुर देउवाले सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरेका हुन ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia