- बिरेन्द्र शाह

उधोग वाणिज्य संघ इनरुवाले ध्यानाकर्षण पत्र बुझाएको छ। इनरुवा नगरक्षेत्रभित्र उधोग, व्यापार, व्यावसायमा लाग्ने व्यावसायिक करको दायरलाई संशोधनगर्न उक्त ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ। चार बुँदे ध्यानाकर्षण पत्र इनरुवा नगर प्रमुख राजन मेहतालाई एक कार्यक्रम बिच बुझाईएको हो।

इनरुवा नगरपालिकाले संकलन गर्ने व्यावसाय करको १३.५ प्रतिशत रकम सार्वजानिक निजी साझेदारी अन्तर्गत उधोग वाणिज्य संघ इनरुवालाई उपलब्ध गराउनुपर्नेमा आ.व. ७४।७५ तथा ७५।७६ को हिस्सेदारी वापतको रकम उपलब्ध गराउनुको साथै उक्त साझेदारीलाई नविकरण गरि चालु आ. व. देखि २० प्रतिशतमा वृधि गर्न ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ।

त्यस्तै नगरपालिकाले संकल्न गर्दै आएको व्यावसाय करका दरहरुमा केही समस्या तथा जटिलताहरु देखिएकोले समिति गठन गरी करका दरहरुमा संशोधन गरिनुपर्ने जानाईएको छ।

उधोग वाणिज्य संघ इनरुवाका अध्यक्ष बिरेन्द्र कुमार शाहद्धारा जारी गरिएको  ध्यानाकर्षण पत्रमा  नगरपालिकाले दिएको सहमति अनुसार कृषि उपज थोक बजार निर्माण कार्य आरम्भ गर्न आवश्यक प्रकृया पुरा गरि दुई करोड रकम उपलब्ध गराउन उक्त परियोजनकालागि संघका उपाध्यक्ष गिरिराज अटलको नेतृत्वमा  एक कार्यदल गठन गरिएको जनाईएको छ।

उधोग वाणिज्य संघ इनरुवाका अध्यक्ष लगायतका पदाधिकारीको टोलिले मंगलबार नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको हो जसमा बजार व्यवस्थापन तथा फोहोर व्यवस्थापनकालागी संघको सहभागिता समेत हुनेगरी प्रभावकारी योजना तथा कार्यक्रमहरु तयार गरि कार्यान्वयन गर्न ध्यानाकर्षण गराएको छ।

इनरुवा नगरपालिकाका मेयर मेहताले ध्यानाकर्षण पत्र बुझ्दै यस आर्थिक वर्षमा करको दायरा संशोधन हुन नसके आगामी आर्थिक वर्षमा पुनरावलोकन गर्न सकिने र कर परिमार्जन गर्न कार्यान्वयन पक्ष र सरोकारवालासंग छलफल गरेर करको दायरालाई पुनरावलोकन गरिने बताए।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia