इटहरी । सुनसरीकाे इटहरीमा माघ १ गते देखि ५ दिने क्यान इन्फाेटेक मेला लाग्ने भएकाे छ । मेलाकाे समुदघाटन प्रदेश एक सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिकमत कार्कीले गर्ने भएका छन् । सुचना प्रविधिकाे बिकास, मानव जिवनमा देखिएकाे खतरा र त्यसकाे न्युनिकरण गर्ने एवम प्रविधिकाे बिषयमा धेरै भन्दा धेरै ज्ञान बाडने उद्येश्यले क्यान इन्फोटेक २०२० को अायाेजना गरिएकाे हाे । हाेटल व्यवसायी, माेवाइल एक्सपाे र सुचना प्रविधि सम्बन्धि बृहत प्रदर्शनी सहित ८० वटा स्टलहरू रहने क्यान इन्फोटेक २०२० को सम्पूर्ण तयारी सकिएकाे मंगलबार पत्रकार सम्म्ेलनकाे अायाेजना गर्दै अायाेजक क्यान महासंघ सुनसरीले जनाएकाे छ ।

२ वर्ष पछि इटहरीमा हुन लागेकाे इन्फाेटेक याे वर्ष फरक र चर्चा याेग्य बनाउन अवलाेकनकर्ता देखि पत्रकारहरू सम्मलाइ उपहार याेजना ल्याइएकाे छ । मेलाभित्र राेबाेर्टहरूकाे भिडन्त दाैड, आइटी म्युजियमको व्यवस्था, सेफ्टी एण्ड सेक्युरीटी सम्बन्धी बृहत प्रदर्शनी, सुचना प्रविधि सम्बन्धि बृहत प्रदर्शनी, कम्प्युटर प्रिन्टर र ल्यापटप फ्री सर्भिस क्याम्प तथा एक्सचेन्ज, सिसि टिभी, एन्टी भाइरस लगायत बिभिन्न आइटी प्रोडक्टहरूमा बिशेष छुटको व्यवस्था, स्कुल कलेज स्तरीय आइटी क्विज प्रतियोगिता, कर्पोरेट स्टलको ब्यवस्था, स्केट प्रदर्शनी आइसिटि तालिम समेत प्रदान गरिने छ । साथै मेलामा बिद्यार्थीहरूकालागि बिशेष याेजना पनि ल्याएकाे छ । सुचना प्रविधि सम्बन्धि जानकारी मुलक सन्देश तथा उपकरण बनाएर प्रदर्शन गर्न सकेमा उचित पुरस्कारकाे व्यवस्था मिलाइएकाे छ । मेलाको मुख्य प्रायोजक प्रभु पे ले गरेकाे छ भने एसोसिएट प्रायोजकमा वल्डलिंक कम्युनिकेशन लिमिटेड, अफिसियल इन्सोरेन्स प्रभु इन्सोरेन्सले प्रायोजन गरेकाे छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia