- अमर काफ्ले

इनरुवा। मनमोहन मेमोरियल एक दिवसीय राष्टिय क्रिकेट प्रतियोगिताको उपाधीका लागि दुई विभागीय टोली नेपाल पुलिस र आर्मी भिड्ने भएका छन् ।इनरुवा खेल मैदानमा आज समपन्न दोस्रो सेमीफाइनल खेलमा सुदुरपश्चिम प्रदेशलाई ९९ रनले पराजित गर्दै नेपाल पुलिसले फाइनलमा आर्मीसँगको भेट पक्का गरेको छ ।पुलिसले दिएको २ सय ३० रनको लक्ष्य पछ्याएको सुदुरपश्चिमले मात्र १ सय ३० रन जोड्न सक्यो ।

पुलिसका स्पिनर सागर ढकालले उत्कृष्ठ वलिङ गर्दै ५ विकेट चटकाए पछि सुदुरपश्चिम ३३ दशमलव ४ ओभरमा अलआउट हुन पुगेको थियो ।६ दशमलव ४ ओभर वलिङ गरेका ढकालले १ मेडन ओभर सहित मात्र ९ रन दिए । त्यस्तै ललित राजबंशीले ३ विकेट लिएको खेलमा ललित भण्डारी र योगेन्द्र सिंह कार्कीले समान एक एक विकेट हात पारे ।सुदुरपश्चिमका किरण ठगुन्नाले सर्वाधिक ३९ रन जोडे । आकाश चन्दले २३ रन बनाए भने खडक बोहराले १४ र गजेन्द्र बोहराले १२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यान चल्न सकेनन् ।त्यस अघि टस जितेर पहिलो ब्याटिङ गरेको नेपाल पुलिसले ४९ ओभरमा सबै विकेट गुमाएर २ सय २९ रन बनाएको थियो ।पुलिसका लागि दिपेन्द्र ऐरीले सर्वाधिक ६८ रन बनाए । ललित सिंह राजभण्डारीले ४० रन बनाए भने अनिल साहले ३१, योगेन्द्र सिंह कार्कीले २९ र कुशल भुर्तेलले १७ रनको पारी खेले ।सुदुरपश्चिमका शेर मल्ल, आकाश चन्द र बिनोद लामाले समान ३÷३ विकेट लिए । थप एक विकेट सन्तोष भट्टले हात पारे ।सागर ढकाल खेलको प्लेयर अफ द म्याच घोषित भए । फाइनल खेल नेपाल पुलिस र आर्मी बिच शनिबार हुने छ ।पहिलो सेमीफाइनल खेलमा बागमती प्रदेशलाई पराजित गर्दै आर्मीले यसअघिनै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia