इनरुवा। जनमत पार्टीका केन्द्रिय अध्यक्ष डाक्टर सि.के राउतले म्याद समाप्त भएको औषधी प्रयोग नगर्नका लागि आग्रह गर्नुभएको छ । जनमत पार्टी सुनसरीले सदरमुकाम इनरुवामा शनिबार आयोजना गरेको बिशाल जनसभा कार्यक्रमलाई सम्बोधन गर्नूहुदै अध्यक्ष डा.राउतले सो कुरा बताउनुभएको हो । उहाँले नेपाली काङग्रेस, नेकपा र मधेशवादी दलहरुलाई औषधीको संज्ञा दिनुहुदै यस्ता औषधीको प्रयोगले मधेस र मधेसीको भलो कहिलेपनि नहुने बताउनुभयो । यस्ता औषधीहरुको म्याद समाप्त भएकाले त्यस्तो म्याद समाप्त भएको औषधी प्रयोग नगर्नका लागि आम जनसमुदायलाई आग्रह गर्नुभयो ।

उहाँले ६० बर्ष देखि काङग्रेस, २५ बर्ष देखि नेकपा र १३ बर्ष देखि मधेसी दलहरुलाई औषधीको रुपमा सेवन गर्दै आएकामा अहिले सम्म आफुहरुको बिमारी जस्ताको त्यस्तै भएका कारण त्यस्ता औषधीको प्रयोग नगर्नका लागि आग्रह गर्नुभयो । उहाँले राजनीतिक दलहरुलाई औषधीको रुपमा चित्रण गर्नुहुदै म्याद समाप्त भएको औषधी प्रयोग गरे आफैलाई घातक हुने भएकाले त्यस्ता औषधी प्रयोग नगर्न सुझाव दिनुभयो । उहाँले अहिले मधेसमा प्रयोग गर्दैै आएको औषधीको म्याद समापन भएका कारण आउने दिनहरुमा नयाँ औषधी प्रयोग गर्नका लागि आग्रह गर्नुभयो ।

उहाँले पुराना औषधीले रोगलाई निको पार्नुका सट्टा उल्टै बिरामी बनाउने भएकाले नयाँ औषधी प्रयोग गरेर हेर्नका लागि आग्रह गर्नुभयो । उहाँले आफुहरुको मांग अझै सम्बोधन हुन नसकेका कारण जब सम्म आफुहरुको माग सम्बोधन नभए तब सम्म आफुहरुको आन्दोलन जारी रहने उल्लेख गर्नुभयो । उहाँले आउने दिनमा आफुहरुको माग सम्बोधन नभए जिल्ला, गाउ, वडा, सडक, खेत खलीयानबाट आन्दोलन हुने चेतावनी समेत दिनुभयो । अध्यक्ष डाक्टर राउतले आउने निर्वाचनमा जसले मधेसका अधिकारी, संविधान शंशोन, मधेश स्वराज लगायतका माग सम्बोधन गर्छ त्यस्ता पार्टीलाई मतदान गर्नका लागि आग्रह गर्नुभयो । कार्यक्रममा सयौको संख्यामा नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो । बिभिन्न पार्टी परित्याग गरेर सहदेव यादव, मनोज साह, दिपेन्द्र यादव, रामबति खत्वे, देवनारायण यादव, हरेराम राम, राजेश खत्वे देवकुमार राम लगायतकाले जनमत पार्टीमा प्रवेस गरेका छन ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia