मोरङको धनपालथानमा विधार्थी बोकेको कलेज बस दुर्घटना हुदा आज विहान एक जनाको मृत्यु भएको छ भने ६ जना विधार्थी घाईते भएका छन् ।रंगेली बाट विधार्थी लिएर विराटनगर तर्फ जादै गरेको लर्ड बुद्ध कलेजको मे १ ख १४९० नम्बरकोे बस हुलाकी राजर्माग सडक खण्डको धनपालथान गाऊपालिका ६ रामचौक नजिकै दुर्घटना हुदा बसको सह चालक विराटनगर १५ बस्ने ३२ वर्षिय सानु साहको मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

गम्भीर घाईते भएका उनको उपचारको क्रममा विराटनगर स्थित न्युरो हस्पीटलमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा कलेजमा ६ जना विधार्थी घाइेते भएका छन् । घाईते हुनेमा धनपालथान गाऊपालिका ४ बस्ने २० वर्षिय सुस्मा राजवंशी, १९ वर्षिय दिक्षा श्रेष्ठ, धनपालथान ७ बस्ने २० वर्षिया रन्जीता मण्डल, धनपालथान ६ बस्ने निकिता कुमारी राय , रंगेली नगरपालिका ४ की २० वर्षिय नुना गौतम र रंगेली २ बस्ने १८ वर्षिय स्वस्तीका कटुवाल रहेका छन् । उनिहरुको विराटनगर स्थित न्युरो हस्पीटलमा उपचार भइरहेकोे छ ।इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दाहालका अनुसार बाक्लो हुस्सुका कारण अनियन्त्रीत भई बस दुर्घटना भएको प्रारम्भीक अनुसन्धान बाट देखिएको बताए । कलेज बस सडक बाट करिव ६ फिट तल झरेर पल्टीएको छ । यता प्रहरीले बस चालक विराटनगर १७ बस्ने खिल बहादुर खड्का र बसलाई नियन्त्रणमा लिएको छ । बसमा १२ जना विधार्थीहरु सवार रहेका थिए ।








