इनरुवामा आजदेखि सप्तकोशी मिट मार्ट सेन्टर सञ्चालनमा आएको छ। इनरुवा नगरपालिकाका मेयर राजन मेहताले एक कार्यक्रमका बिच उक्त मिट मार्टको उद्घाटन गरेका छन्। इनरुवाका तिन युवाको संयुक्त सहकार्यमा सञ्चालनमा आएको हो। स्वस्थ्य तथा ताजा मासुजन्य वस्तु आपुर्ति गर्ने उदेश्यले सञ्चालनमा ल्याएको संचालक रमेश कटुवालले जानकारी दिए। कुल सात लाखको लगानीमा सुरुवात गरिएको मिट मार्टमा राम पौडेल, नारायण मेहता तथा रमेश कटुवालले संयुक्त सञ्चालनमा ल्याएका हुन।

इनरुवा ३ गुद्रिमोडमा अवस्थित मिट मार्टमा लोकल कुखुरा, बटाई, टर्कि, हास, माछा, अण्डा तथा बोइलर कुखुराको बिक्रि बितरण गरिने संचालक कटुवालले जानकारी दिए।माछा तथा कुखुरा संचालकहरुले लामो समय देखि आफ्नै फर्ममा उत्पादन गर्दै आईरहेका हुन सोहि अनुरुप आफुहरुले उत्पादित वस्तुहरु सिधै उपभोक्ता सम्क्ष पुर्याउने सोचले सप्तकोशी मिट मार्ट सेन्टर सञ्चालनमा ल्याएको अर्का सञ्चालक राम पौडेलले जानकारी दिए।









