उद्योग वाणिज्य संघ इनरुवाले मुखपत्रका रुपमा त्रैमासिक बुलेटिन इनरुवा सन्देश प्रकाशन आरम्भ गरेको छ । उवासंघ इनरुवाले पहिलो पटक प्रकाशन आरम्भ गरेको त्रैमासिक बुलेटिनको आज इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले विमोचन गरेका हुन् । मेहताले उद्योग वाणिज्य संघको कार्यालयमा आयोजित औपचारिक कार्यक्रमका बिच बुलेटिनको विमोचन गरेका हुन् ।

उवासंघको मुखपत्रका रुपमा प्रकाशन थालनी गरिएको रंगिन बुलेटिन इनरुवा सन्देशले उपभोक्ताका साथै व्यापार र व्यापारीका समस्या, गुनासा र समाधानका विषयवस्तुलाई स्थान दिने बताइएको छ । उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष वीरेन्द्र साहका अनुसार बुलेटिनले स्थानीय बजार र व्यवसायको प्रर्वद्धनका मुद्दालाई उठान गर्नुका साथै सरोकारवाला सँगको सहमति र सहकार्यलाई जोड दिने छ ।

विमोचन कार्यक्रममा बोल्दै नगर प्रमुख राजन मेहताले उद्योग वाणिज्य संघ इनरुवाको नयाँ कार्य समितिले एकपछि अर्को उदाहरणीय कार्यको थालनी गर्दै आएको बताए । मेहताले आम उपभोक्ता, व्यापार र व्यवसायलाई लक्षित गरि थालिएको बुलेटिन प्रकाशनमा आफ्नो समेत साथ र सहयोग रहने बताए । उनले इनरुवाको बजार, व्यवसायको विस्तार र विकासका लागि नगरपालिकाले सकेको सहयोग उपलब्ध गराउने विश्वास समेत दिलाए ।इनरुवा सन्देश प्रकाशन समितिको संयोजकमा सुरेन्द्रकुमार साह रहेका छन् । त्यसैगरी सदस्यहरुमा रितादेवी साह, रामकुमार मेहता, सिताराम पाठक, बुधनारायण मेहता रहेका छन् ।उद्योग वाणिज्य संघ इनरुवा प्रकाशक रहेको त्रैमासिक बुलेटिनको प्रमुख सल्लाहकारमा संघका अध्यक्ष वीरेन्द्र साह स्वयं छन् भने सल्लाहकारहरुमा गिरिराज अटल, रोशनकुमार खड्का र रमेश कुमार श्रेष्ठ रहेका छन् ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia