सुनसरीको इनरुवामा राष्ट्रिय वैश्य समाज महासंघको प्रदेश १ स्तरीय सम्मेलन आयोजना गर्न लागिएको छ । सम्मेलन चैत १ र २ गते आयोजना गर्न लागिएको हो ।मेची–महाकाली वैश्य पहिचान अभियान अन्तर्गत प्रदेश स्तरीय बैश्य सम्मेलन इनरुवामा आयोजना गर्न लागिएको राष्ट्रिय वैश्य युवा महासंघका केन्द्रिय अध्यक्ष दिलिपकुमार साहुले बताए । इनरुवामा पत्रकार सम्मेलनको आयोजना गरि सम्मेलनका बारेमा जानकारी गराइएको हो ।
सरकारी वेवास्ता र ओझेलमा पारिएको समूदायको पहिचान र अधिकार प्राप्तीका लागि शक्ति प्रर्दशनका रुपमा सम्मेलन आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।नेपालभर तीस लाख जनसंख्या रहेको वैश्य समाजको अन्य जातजाती सरह हक र अधिकारका लागि सम्मेलन निर्णायक हुने दावी गरिएको छ ।सम्मेलनको उद्घाटनका लागि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल सहित नेपाली काग्रेंसका सभापती शेरबहादुर देउवा लगायत प्रदेश १ का मुख्यमंत्री सहितको उपस्थिति रहने जानकारी दिइएको छ ।











