इनरुवामा यही माघको २९ गतेबाट दोस्रो संस्करणको गिरिजाप्रसाद कोइराला स्मृति गोल्डकप प्रतियोगिता संचालन हुने भएको छ ।इनरुवा नगरपालिका र प्रतिबिम्व नेपालको आयोजनामा संचालन गर्न लागिएको प्रतियोगितामा काठमाण्डौंको चर्च ब्वाईज सहित ८ वटा टिमले सहभागिता जनाउदै छन् ।

आयोजक प्रतिविम्ब नेपालले इनरुवा खेल मैदानमा पत्रकार सम्मेलन गरि प्रतियोगिताका बारेमा जानकारी गराएको हो ।आयोजक संस्थाका अध्यक्ष ईश्वर बरालका अनुसार खेलमा चर्च व्याईज काठमाण्डौ सहित बिरगञ्ज युनाईटेड कलैया, झापा ११, आयोजक टिम इनरुवा, पञ्चायन फुटवल क्लव रामधुनी, उदयपुर ११ गाईघाट, विन्धवासिनी फुटवल क्लव विराटनगर र बेलवारी फुटवल टिम मोर∙को सहभागीता रहने छ ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद २ लाख सहित शिल्ड तथा प्रमाणपत्र पाउने छ । दोस्रो हुने टिमले नगद १ लाख हात पार्ने बब्लु भगतले पत्रकार सम्मेलनमा जानकारी दिए । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार अघिल्लो संस्करणको दाँजोमा प्रतियोगितका सबै विधाको पुरस्कार रासीमा वृद्धि गरिएको छ ।प्रतियोगिताको फाइनल खेल फागुन ७ गते आयोजना हुने छ । प्रतियोगिताका खेलहरु इनरुवा खेल मैदानमा खेलाइने छन् ।










