- अमर काफ्ले

इनरुवा। यौन दुव्र्यवहारको आरोप लागेका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सौरभ राणा यतिबेला सुनसरी प्रहरीको नियन्त्रणमा छन् ।सुनसरी प्रहरीले राणालाई पक्राउकालागि अदालत समक्ष आदेश माग गरेको थियो । सोही अनुरुप सुनसरी जिल्ला अदालतले आज पक्राउ आदेश जारी गरेको हो ।अदालतको आदेश पश्चात राणालाई पक्राउ गरिएको खबर बाहिरिएको भएपनि सुनसरी प्रहरीले भने एसएसपी राणा स्वयं जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएको बताएको छ ।

सुनसरीका प्रहरी प्रमुख यज्ञबिनोद पोखरेलले एसएसपी राणा स्वयं उपस्थित हुनुभएको बताउनु भयो । राणाको मेडिकल गरिएको छ र उनलाई जिल्ला प्रहरी कार्यालयको भीआइपी कक्षमा राखिएको प्रहरीले जनाएको छ ।एसएसपी राणाले आफुमाथि लगाइएको आरोप झुटो भएको बताउँदै आएका छन् । यौन हिंसा गरेको उजुरी पश्चात राणालाई गृह मन्त्रालयले निलम्बन गरिसकेको छ ।राणा उपर पीडित महिलाले इटहरीको एक होटलमा आफुमाथि जबरजस्ती करणी गरेको आरोप सहित उजुरी दिएकी थिइन् ।


तपाईको प्रतिक्रिया

trusted online casino malaysia