- सरोज बराल

आदरणिय मेयर ज्यु,
इनरुवा नगरपालिकाको कार्यालय, इनरुवा सुनसरी ।

आज म हजुरलाई भनेर केही शब्दहरुको लेख्दैछु । हुनसक्छ तपाईंलाई विरोध गर्‍यो यसले भनेर रिस पनि उठ्छ होला । तर राम्ररी सोच्नुहोला यो फगत विरोध कदाचित पनि होइन । विरोध गरेको नै भन्ने लाग्यो भने पनि मेरो भन्नु केही छैन । मर्यादाक्रममा मभन्दा धेरै माथि हुनुहुन्छ, म भनेको मर्यादाबिहिन मान्छे हो । तपाईंहरु जस्ता ठूलाबडाको नै विरोध पनि हुन्छ । तर यो पत्रमा मेरो केही गुनासाहरु र केही सुझावहरु छन् । यसलाई कसरी लिनुहुन्छ, त्यो तपाईंको निजि कुरा हो । त्यसमा मैले भन्नु पनि केही छैन । हाम्रो सामाजिक परम्परा अनुसार पनि तपाईं मलाई पढाउनु हुने गुरुपुत्र भएको नाताले मैले तपाईंलाई गुरु भाइ भन्नुपर्छ । त्यस अर्थमा पनि हजुर उच्च सम्मानको भागी पनि हुनुहुन्छ ।

अब केही निर्वाचनको समयको कुरा गर्दैछु ।
जतिबेला निर्वाचनको समय थियो, त्यतिबेला हजुर उम्मेद्वार हुनुहुन्थ्यो । त्यो समयमा तपाईं मत माग्न हिंडेको समयमा आफूभन्दा उमेरले ठूलाहरु हरेकको पाउ छोएर मत माग्नु भएको हो नि ? म इनरुवाको मतदाता नहुँदानहुँदै पनि एकपटक मसँग भेट भएको थियो । म यो नगरको मतदाता नभएपनि त्यतिबेलाको समयमा भेटहुँदा अचानकसँग निहुरेर “दाइ, म पनि उम्मेद्वार छु है“ भन्दै खुट्टा छुनुभयो । मलाई धेरै सकस त भएको थियो । म पछाडि सर्दासर्दै पनि तपाईंको काम सकिएको थियो । हाम्रो संस्कार अनुसार गर्नै नहुने गुरुभाइलाई पाउ छुवाएको कुनै पनि दोष मलाई नलागोस् । यसैगरी तर तपाईंले हरेकको पाउ छोएर आफूलाई एकपटक मौका दिनुहोला भन्दै भोट माग्नु भएको थाहा होला नै । इनरुवामा मानिसहरुको तपाईंलाई हेर्ने दृष्टिकोण गलत हुँदाहुँदै पनि तपाईंलाई भोट दिएर एकपटकलाई भनेर मौका दिएका हुन् । यो मौकालाई इनरुवामा तपाईं आफू वा तपाईंले समर्थन गरेको पार्टीलाई पटकपटक यो स्थानमा पुर्‍याउन सक्ने अवसरमा परिणत गर्न सक्नुहुन्छ वा सक्नुहुन्थ्यो । तपाईं अहिले नगरवासीको त्यो मतलाई कसरी नगरको हितमा उपयोग गर्दै हुनुहुन्छ भन्ने विचार गर्नु भएको छ कि छैन होला ?

मेयर ज्यु,
निर्वाचनको बेला अरु केकस्तो वचन दिनु भएको थियो, त्यो त सम्झना छैन होला । तर चुनावी घोषणापत्रमा त लेखेर उल्लेख गरिएको छ । एकपटक चुनावी घोषणापत्र पल्टाएर हेर्नको लागि अनुरोध गर्दछु । हेर्नुस्त तपाईं ति वचनहरुमा कत्तिको अडिनु भएको छ ? पछि तपाईंलाई त्यो घोषणापत्र अरु कसैले देखाएर कुनकुन काम भयो भनेर सोधे भने के जवाफ दिनुहुन्छ ? आफ्नो पार्टीको बहुमत थिएन, त्यसैले गर्न सकिएन भनेर मात्र टार्न सकिएला र ?

निर्वाचनमा विजयी भएपछि आफ्नो अति नै धेरै बिरोध भएको महसुस गर्दै हुनुहुन्छ होला ? तर किन विरोध भएको हो र कसले कति र कस्तो प्रकारको विरोध गरेको छ भनेर त्यसलाई अलि फरक ढंगले गहिरिएर सोच्नु भएको छ होला ? हुन त यो सोच्नु आवश्यक देख्नु भएको छैन होला र अरुले जस्तै विरोधमा बोल्ने लेख्नेहरु कसैबाट परिचालित र पैसा खाएर बोल्छन् भनिदिंदा हुन्छ । साथै तपाईंको प्रशंसा गरेर लेख्ने, बोल्नेहरुलाई के कति दिएर परिचालन गर्नुहुन्छ पनि उल्लेख गरिदिनुभए हामीलाई हाम्रो दरभाउ थाहा हुने थियो ।
तपाईं इनरुवाको मेयर भएपछि तपाईंले गरेका सकारात्मक कामहरु पनि छन् । ती के के हुन् ? तपाईंले गन्ती गर्दा धेरै पुग्लान् । तर तपाईंका असल कामहरु अरु नगरवासीहरुले पनि महसुस गरेका छन् ? तपाईंको कामहरुले नगर वा नगरवासीहरुलाई अगाडि बढाउन केकस्तो सहयोग पुगेको छ ? हेरौं तपाईंको समयमा भएगरेका केही सकारात्मक कामहरुः

१. शिक्षक सरोज दुलालको उपचारमा सहयोग पुर्याउनु भयो । यो अति नै सकारात्मक काम थियो । आवस्यक परेकाहरुलाई यसरी सहयोग गर्नु धेरै सम्मानजनक काम हो ।
२. इनरुवामा विभिन्न स्तरको खेलकुदहरु संचालन हुनु । यसरी विभिन्न खेलहरुका राष्ट्रिय स्तरका खेलाडीहरुलाई इनरुवा चिनाउनु भयो । यो मानेमा यो सकारात्मक काम हो भन्नुपर्छ ।
३. इनरुवाको विभिन्न सडकहरुको स्तरोन्नतीको काम । यहाँको सडकहरुको निर्माण तथा मरम्मत कार्यलाई सकारात्मक भन्नुपर्छ ।
४. सुनसरी नदी पूजन कार्यमा सहयोग र सहभागिता तपाईंको कार्यकालमा भएको अर्को सकारात्मक काम हो भन्नलाई कसैले हिच्किचाउनु पर्दैन ।
५. इनरुवाको इतिहासमै पहिलोपटक मिस्टर एण्ड मिस इनरुवा प्रतियोगितामा इनरुवा नगरको पुर्याएको सहयोग पनि अर्को सकारात्मक पाटो हो ।
६. बर्षातको समयमा बाढी र डुबानमा परेकालाई खाद्यान्न सहयोग र जाडोमा कम्बल र न्यानो कपडा वितरणलाई पनि राम्रो काम भन्नुपर्छ ।
७. स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने महिला स्वयम्सेविकाहरुलाई साइकल वितरण गरिएको छ । सबै तर्फबाट पछाडि पारिएका स्वयमसेवीहरुलाई गरिएको यो साइकल वितरण कार्यक्रम तपाईंको कार्यकालमा भएको धेरै राम्रो काम मध्येमा पर्छ ।

यो र यस्तै कामहरु बाहेक अरु कामहरु पनि केही भएकाछन् र यहाँ उल्लेख गरिएको नभएमा माफी चाहन्छु । मैले जानेका र थाहा पाएका कामहरु यिनै हुन् । यी कामहरुले इनरुवा नगरका कुन वर्गका कति मानिसहरुलाई के कस्तो फाइदा भएको होला भनेर एकपटक समीक्षा पनि गरिएको छ कि छैन होला ?
शिक्षक सरोज दुलाललाई गरेको सहयोगले उपचारको अभावमा शिक्षकले मृत्यु पर्खन पर्दैन भन्ने इनरुवाले सावित गरेको छ । हुन त यसमा हामी सफल हुन सकेनौं । त्यसैगरी ग्रामिण क्षेत्रको स्वास्थ्य स्वयमसेविकाहरुले आफ्नो पनि अभिभावक भएको महशुस गरेका होलान्, यो पनि नगरको धेरै सह्राहनीय काम हो ।
अब सडकको स्तरोन्नतिको कुरागरौं । यसो गर्दा सबैतिर सबैलाई एउटै मापदण्ड प्रयोग गरियो कि गरिएन ? कसैलाई अति नै माया गरेर काखमा राखिएको र कोही निमुखाहरुलाई पाखामा परै राखिएको कुराहरु भएका छन् । तपाईं त नगरको प्रमुख पो हो त ? सबैलाई समान व्यवहार गर्नुपर्ने तपाईंको दायित्व थियो । तपाईंलाई लागेको आरोपहरुको खण्डन वा स्पष्टीकरण दिनु पर्दैन ? दिनुभयो ? कसरी दिनुभयो ?

लोकतान्त्रिक चोकदेखि बस स्टेण्डसम्मकै बाटोको मापदण्ड कस्तो बनाउनु भयो ? यहाँ बाटो बढाउनु पर्दा शिव मन्दिर पट्टीको नगरको संरचना मात्र भत्काएर नगरले मात्र जमीन छोड्नुपर्ने, बाटो उत्तरपट्टीको अरुले नपर्ने कसरी भयो ? नगरको सम्पत्ति जोगाउने भुमिका कस्तो रह्यो तपाईंको ? नगरको सम्पत्ति तपाईंको थिएन, होइन भन्दैमा एकापट्टीबाट नगरको मात्र जमीन खाली गराउनु भयो नि ? सडक त दुवैतिरबाट बढाउनु पथ्र्यो, हैन र ? यसरी नगरको सम्पत्ति जुवामा हारेको जस्तो भएन र ?

त्यसैगरी क्लासिक होटेललाई मात्र जोगाउनु पर्ने कारण ? नेपाली काँग्रेसको वडा सदस्यको घर भनेर जोगाउनु पर्ने भएको हो ? कि भुतपूर्व जिल्ला सभापति रामबहादुर बस्नेतको भाइ भएकोले उनले त्यो उन्मुक्ति पाएको हो ? त्यो सडकमा अरुको भत्काउनु पर्ने र चिरञ्जीवी बस्नेतको जोगाउनु पर्ने कारण अरु पनि केही थिए वा छन् कि ?लौ छाड्दिउँ यस्ता कुरा । आफू मेयर भएका बखत आफ्नालाई खुशी पार्न यति पनि गर्न नपाउनु भन्नुहोला । यस्ता कुरा उठाएर अब किन टाउको दुखाउनु ?अहिलेसम्म इनरुवामा भएका विभिन्न खेलकुदहरुको समीक्षा कहिल्यै नगरले गरेको छ ? छ भने त्यो खेलकुद गरेर नगरपालिकालाई त्यसले के योगदान ग¥यो ? यदि समिक्षा गरिएको छैन भने कहिले गर्ने ? नगर्ने हो भने किन नगर्ने ? यहाँ गरिएको खेलकुद प्रतियोगिताले इनरुवाबाट पनि राष्ट्रियस्तरका वा प्रदेस स्तरका खेलाडी उत्पादन भए कि ? हाम्रो इनरुवा नगर स्तरिय खेलाडीको टिम कस्तो छ ? कुनै समय अन्तर नगर खेलकुद भयो भने इनरुवा नगरले कुनकुन खेलमा सहभागिता जनाउँछ ? कुनकुन खेलका प्रशिक्षकहरु नगरपालिकाले नियुक्ती दिएर राखेको छ ? कि खेलको प्रशिक्षक बिना नै इनरुवाले खेलाडी उत्पादन गर्नेछ ?

१. शिक्षक सरोज दुलालको उपचारमा सहयोग पुर्‍याउनु भयो । यो अति नै सकारात्मक काम थियो । आवस्यक परेकाहरुलाई यसरी सहयोग गर्नु धेरै सम्मानजनक काम हो ।
२. इनरुवामा विभिन्न स्तरको खेलकुदहरु संचालन हुनु । यसरी विभिन्न खेलहरुका राष्ट्रिय स्तरका खेलाडीहरुलाई इनरुवा चिनाउनु भयो । यो मानेमा यो सकारात्मक काम हो भन्नुपर्छ ।
३. इनरुवाको विभिन्न सडकहरुको स्तरोन्नतीको काम । यहाँको सडकहरुको निर्माण तथा मरम्मत कार्यलाई सकारात्मक भन्नुपर्छ ।
४. सुनसरी नदी पूजन कार्यमा सहयोग र सहभागिता तपाईंको कार्यकालमा भएको अर्को सकारात्मक काम हो भन्नलाई कसैले हिच्किचाउनु पर्दैन ।
५. इनरुवाको इतिहासमै पहिलोपटक मिस्टर एण्ड मिस इनरुवा प्रतियोगितामा इनरुवा नगरको पुर्‍याएको सहयोग पनि अर्को सकारात्मक पाटो हो ।
६. बर्षातको समयमा बाढी र डुबानमा परेकालाई खाद्यान्न सहयोग र जाडोमा कम्बल र न्यानो कपडा वितरणलाई पनि राम्रो काम भन्नुपर्छ ।
७. स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने महिला स्वयम्सेविकाहरुलाई साइकल वितरण गरिएको छ । सबै तर्फबाट पछाडि पारिएका स्वयमसेवीहरुलाई गरिएको यो साइकल वितरण कार्यक्रम तपाईंको कार्यकालमा भएको धेरै राम्रो काम मध्येमा पर्छ ।

इनरुवा नगरपालिकाले मिस्टर एण्ड मिस इनरुवा प्रतियोगिता गरेर इनरुवालाई के फाइदा वा बेफाइदा भयो वा हुन्छ ? कुनैपनि काममा हात हालेपछि त्यसबाट सकारात्मक वा नकारात्मक के कस्तो असर ग¥यो भनेर खोजी हुन पर्छ कि पर्दैन ?नगरको हित र नगरको विकासको लागि काम गर्दा प्राथमिकताको सूचीकरण गरेर गर्ने कि जतिबेला जे हुन्छ त्यही गर्दा हुने रहेछ ? नगरले अहिले नगरी नहुने काम के हो र बिस्तारै गर्दै जाँदा हुने काम के हो नगरपालिकामा कहिल्यै छलफल भएको छ ? यस्ता काममा त अल्पमत र बहुमतको कुरा पक्कै नहुनु पर्ने हो ।
अहिले स्थानिय सरकार भनिन्छ । नगरको मेयर भनेको स्थानीय सरकारको प्रधानमन्त्री नै हो नि ? नगर परिषद भनेको स्थानीय संसद सरह हो नि ? अनि स्थानिय संसद अर्थात् व्यवस्थापिकाले नगर व्यवस्थापन गर्न के के काम गर्ने निर्णय गरेको छ होला ? जानकारी दिन मिल्ने कि नमिल्ने होला ?

तपाईंलाई थाहा छ, मैले एकपटक तपाईंले आयोजना गरेको पत्रकार सम्मेलनमा मैले एउटा प्रश्न गरेको थिएँ, “अहिलेसम्म नगरपालिकाले के के नियमहरु बनाएर पास गरेको छ ?“ तपाईंले “बनाएको छ केही केही“ भनेर टार्नु भएको थियो । त्यो दिनदेखि मलाई तपाईंको पत्रकार सम्मेलनमा देख्नु भएको छैन क्यारे । झुटो कुरो सुन्नलाई किन जानु भन्ने लागेर र भत्तो पत्रकारिताको कुनै अर्थ छैन भनेर आउन छाडेको हुँ । यदि नगरपालिकाले अहिलेसम्म कुनै एउटा विधेयक पास गरेर नगरको कानूनको मान्यता प्राप्त गरेको छ भने त्यसको एक कपि हेर्न पाइयोस् भन्ने अनुरोध गर्दछु ।

हुन त तपाईंलाई अहिले प्रशंसा सुन्ने रहर होला । यसरी सुझावहरु दिंदा विरोध गरेको जस्तो लाग्ला । एकछिन सोच्नुस् त…….. बिरोध विपक्षीले गर्छ । तर तपाईंको बिरोध बढी तपाईंकै पक्षधरले गर्दछन्, विपक्षीहरु त तपाईंको प्रशंसा गर्दछन्, किन ? जब प्रतिपक्षले बढी बिरोध गर्दछ, आफू ठिक भइन्छ । त्यसबखत आफ्नो पक्षले समर्थन गर्दछ । तर जब प्रतिपक्षले बढी प्रशंसा गर्दछ, आफू गलत भइन्छ र आफ्नो पक्षले नै बिरोध गर्दछ । प्रतिपक्षले जति धेरै बिरोध गर्दछ सोच्नुपर्छ आफू शक्तिसाली भएको रहेंछु किनकी कमजोरको कतै कसैले बिरोध गर्दैन । तर यहाँ त तपाईंको आफ्नैले बिरोध गर्दैछन् । कहाँ गल्ती भयो भन्ने लाग्दैन ?

यस्ता कुराहरुलाई सोचेर काम गर्नुस् र प्राथमिकताका आधारमा राखेर काम गर्नुस् । कुन काम कुन समयमा गर्ने हो भन्ने राम्रोसँगले सल्लाह गर्नुस् । असल काम हो र अल्पमतमा भएकोले विपक्षीहरुले गर्न दिएनन् भन्ने भयो भने कुरालाई मतदाता समक्ष स्पष्ट राख्नुस् । गरिएका कामहरु ठीक या बेठीक के भयो, नगरमा समिक्षा गर्नुस् । यसरी कसैले पनि तपाईंको गल्ती देखाउन नसकोस् । तर…………………..
धन्यवाद !



तपाईको प्रतिक्रिया

trusted online casino malaysia