सुनसरी जिल्लामा विगतका वर्षको तुलनामा चालु आवको पछिल्लो ८ महिनामा आपराधिक घटनामा कमी आएको छ ।सुनसरी प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरी अघिल्लो वर्षको दाँजोमा चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा आपराधिक घटनामा कमी आएको जनाएको छ ।

प्रहरी उपरीक्षक यज्ञबिनोद पोखरेलले सीमित जनशक्तिका बाबजुत प्रहरी शान्ति सुरक्षा प्रदान गर्ने सवालमा सक्षम देखिएको जानकारी गराउनु भयो ।एसपी पोखरेलले भारतसँग सीमा जोडिएको खुला क्षेत्रका कारण आगुऔषध कारोवारसँगै चोरी र तस्करी नियन्त्रण गर्नु प्रहरीकालागि प्रमुख चुनौतिको विषय रहेको समेत बताउनु भयो ।प्रहरीले पत्रकार सम्मेलनमा राजश्व संकलनमा वृद्धि भएको विवरण पेश गर्नुका साथै समुदाय प्रहरी साझेदारी कार्यक्रमले सूचना आदान प्रदानको क्रम बढ्दा अपराध नियन्त्रणमा थप सघाउ पुगेको जनाएको छ ।










