- अमर काफ्ले

स्वास्थ्य कार्यालय सुनसरीले जिल्लामा संचालन गर्न लागेका दारुरा रुबेला खोप अभियानको सार्थकताका लागि सरोकारवालाहरुसँग छलफल चलाएको छ ।खोप अभियानमा बढी भन्दा बढी बालबालिकाको सहभागिताका गराउन सहकार्यको आवश्यकता महसुस गरी स्वास्थ्य कार्यालय सुनसरीले सरोकारवालाको उपस्थितिमा अभियानको बारेमा जानकारी गराएको हो ।

कार्यक्रममा स्वास्थ्य प्रमुख सागर प्रसाईले ९ महिना देखि ५ वर्ष मुनिका सम्पूर्ण बालबालिकाहरुलाई लगाउने तयारी थालिएको खोप अभियानका बारेमा जानकारी गराउनु भएको थियो ।सुनसरीमा दुई चरणमा दारुदा रुबेलाको खोप अभियान संचालनमा ल्याउन लागिएको छ ।पहिलो चरण अन्र्तगत फागुन १ गते देखि ९ गते सम्म सुनसरीको इनरुवा, धरान, दुहवी, देवानगञ्ज, हरिनगर, कोशी र भोक्राहा नरसिंहमा अभियान संचालन गर्न लागिएको छ । बाँकी रहेका स्थानीय तहमा फागुनको १४ गतेबाट २२ गते सम्म खोप अभियान चलाइने छ ।


सुनसरीमा ९ महिना देखि ५९ महिना सम्ममा ८९ हजार ६ सय ७८ बालबालिकालाई दादुरा रुबेला खोप लगाउन लागिएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।
खोपसँगै पोलियो थोपा समेत खुवाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।अभियानका लागि सुनसरीमा ८ सय ७० खोप कार्यकर्ता परिचालन हुँदै छन् । स्वास्थ्य कार्यालयका अनुसार अभियानकालागि १३ सय ५० स्वास्थ्य स्वयंसेवक खटिने छन् । अभियानमा बालबालिका नछुटुन भन्ने उद्येश्यले सरोकारवालाहरुसँग समन्वय र सहकार्य थालिएको स्वास्थ्य प्रमुख सागर प्रसाईले जानकारी गराउनु भयो ।



तपाईको प्रतिक्रिया

trusted online casino malaysia