- अमर काफ्ले

कोशी महोत्सव स्थलमा सोमबार २७ गतेबाट दंगल (कुस्ती) प्रतियोगिता आयोजना हुने भएको छ । आन्तरीक तथा बाह्रय पर्यटक आर्कषित गराउने उद्येश्यसाथ कोशी गाउँपालिकाको कार्यालयले दंगल प्रतियोगिता संचालनमा ल्याउन लागेको हो ।

भ्रमण वर्षलाई मध्यनजर गर्दै गाउँपालिकाले आयोजना गरेको महोत्सव स्थलमा भोलि मध्यान्हबाट दंगल प्रतियोगिता संचालन गर्न लागिएको हो । गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीका अनुसार प्रतियोगितामा नेपाल र भारतका नाम चलेका कुस्तीबाजहरु सहभागि हुनेछन् । कोशी टप्पु वन्यजन्तु आरक्ष हातामा संचालनमा रहेको महोत्सवमा राष्ट्रिय स्तरको कुस्ती प्रतियोगिता सम्पन्न भैसकेको छ । कुस्ती हेर्न उपस्थित दर्शकको भीडलाई मध्यनजर गर्दै दंगल प्रतियोगिता संचालन गर्न लागिएको अध्यक्ष अन्सारीले बताउनु भयो । अन्सारीका अनुसार दंगल प्रतियोगिता माघ २७,२८ गते र फागुनको १ र २ गते संचालन हुनेछ । महोत्सवमा माघको २९ गते भने भारतीय कलाकारको समूहले कवाली प्रस्तुत गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।  महोत्सवमा हात्ती सफारीका साथै चरा र अर्ना अवलोकन सँगै सप्तकोशीमा बोटिङको व्यवस्था मिलाइएको छ । महोत्सव अवलोकनकालागि पुग्ने नेपाली र भारतीयको संख्या बढ्न थालेसँगै आयोजक महोत्सवको समयावधी समेत एकसाता थप्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia