- अमर काफ्ले

इनरुवा ५ बलाहामा रहेको शारदा माविले आज आफ्नो ६३औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको उद्घाटन इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले गरेका थिए ।वार्षिकोत्सवमा प्रअ तिर्थराज भट्टराईले विद्यालयको आयव्यय सहित प्रगति विवरण पेश गरेका थिए । प्रतिवेदनमा आर्थिक वर्ष २०७५।०७६मा विद्यालयको आम्दानी र खर्च २ करोड ८१ लाख ६ हजार ९ सय ४४ रुपैंया रहेको उल्लेख छ । त्यसैगरी २०७६।०७७ को अनुमानित आय तथा खर्च ३ करोड ६९ लाख ७१ हजार १ सय ५० रुपैंया हुने व्यहोराको विवरण समेतको प्रतिवेदन कार्यक्रममा पेश गरिएको थियो ।

Gepostet von Inaruwa Online am Sonntag, 9. Februar 2020

पूर्वकै सामूदायिक विद्यालय तर्फ उत्कृष्ठ नतिजा ल्याउँदै आएको शारदा माविले पछिल्लो दुई वर्षयता गुणस्तरीय शिक्षामा छलाङ मार्दै आएको कार्यक्रममा चर्चा गरियो ।मन्टेश्वरी प्रणाली, प्रोजेक्टर सहितको कमप्यूटर कक्षा र पूर्वाधार संरचनाका हिसाबले शारदा मावि इनरुवाकै उत्कृष्ठ विद्यालयमा पर्ने गरेको सरोकारवालाहरुले बताए । कार्यक्रमका अतिथिहरुले विद्यालयले हात पार्दै गएको सफतालको दीगोपनामा जोड दिए ।

Gepostet von Inaruwa Online am Sonntag, 9. Februar 2020

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेमराज पोखरेलले विद्यालयलाई भौतिक पूर्वाधार र आवश्यक अन्य संरचनाको पूर्णता दिलाउँदै गुणस्तरीय र प्राविधिक शिक्षाका माध्यमबाट अब्बल र नमूना बनाउनु आफ्नो एकमात्र सोच भएको बताए । जसकालागि अभिभावक र सरोकारवालाहरुको साथको आवश्यकता औल्याए ।

Gepostet von Inaruwa Online am Sonntag, 9. Februar 2020

नगर प्रमुख मेहताले विद्यालयकालागि १० लाख सहयोग उपलब्ध गराउने बताए । नमूना विद्यालयका रुपमा स्थापित शारदा माविले वडाका साथै स्थानीय तह, प्रदेशका अलावा संघीय सरकारबाट समेत पर्याप्त मात्रामा बजेट भित्र्याउन सफल बन्दै आएको छ । कार्यक्रममा विभिन्न छात्रवृति समेत प्रदान गरिएको थियो।

Gepostet von Inaruwa Online am Sonntag, 9. Februar 2020


तपाईको प्रतिक्रिया

trusted online casino malaysia