इनरुवा। कोशी गाउँपालिकामा केन्द्र सरकार र प्रदेश सरकारले लिएको भिजिट बर्षको लक्ष्य पुरा गर्नका लागि आयोजित कोशी पर्यटन महोत्सव शनिबार समपन्न भएको छ । गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीको अध्यक्षता र प्रदेश नं. १ का प्रमुख प्रतिपक्षी दलका नेता राजिव कोइरालाको प्रमुख आतिथ्यमा सो महोत्सव सम्पन्न भएको हो । भ्रमण बर्ष २०२० मा संघीय सरकारले लिएको २० लाख पर्यटक भित्रयाउने र प्रदेश १ सरकारले ५ लाख पर्यटक भित्रयाउने महत्वकाक्षी लक्ष्य सहित कोशी गाउपालिकाले आयोजना गरेको कोशी पर्यटन महोत्सव सम्पन्न भएको कोशी गाउपालिकाकी उपाध्यक्ष अनितादेवी यादवले बताउनुभयो ।
https://www.facebook.com/inaruwaonline/photos/pcb.1057305164667808/1057304631334528/?type=3&av=112654112466256&eav=AfbdlZWtdHuOTLlbspCL84D3ZzlH0Z3MKNjxChxMHW2LPGFQL5nDa-Ahg_1eP1tc7UE&theater
नेपाल सरकारले नेपाल भ्रमण वर्ष मनाइ रहेको समयमा पुर्वको प्रमुख पर्यटकीय क्षेत्र कोशी टप्पु बन्यजन्तु आरक्षमा कोशी गाउपालिकाले प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै गएको भन्दै कोशी टप्पु वन्य जनतु आरक्षको कार्यालय छेउमा पर्यटन महोत्सवको आयोजना गरीएको थियो । आरक्ष क्षेत्रको विशेषताका विषयमा जानकारी गराउने मुख्य लक्ष्य सहित आयोजना गरिएको महोत्वसले नेपाल भ्रमण वर्षको अवधिभर कोशी टप्पुमा तीन लाख भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्राउन सफल भएको गाउपालिकाका अध्यक्ष एयुव अन्सारीले वताउनुभयो । कोशी टप्पुमा चार सय ४१ अर्ना, पाँस सय ३० प्रजातिका चरा, डल्फीन हेर्न सकिनेका साथै हात्ति सफारी, जगंल सफारी, जल सफारीको मनोरञ्जन आन्तरिक तथा बाह्य पर्यटकहरुले लिएको अध्यक्ष अंसारीले बताउनुभयो ।
https://www.facebook.com/inaruwaonline/photos/pcb.1057305164667808/1057304594667865/?type=3&av=112654112466256&eav=AfZvHQdJ8phMMoO8D4kibssAYwjYOTBGELTo1g-xzG9NVzbaoUUz02WW9OnjqMFYP90&theater
कोशी टप्पुमा स्थानीय प्रजातिका चराहरुका साथै साइवेरीयन घुमन्तेका रुपमा आउने चराहरु र अर्ना अवलोकनका लागि सहज भएपनि प्रचारप्रसारको अभावमा आउनुपर्ने पर्यटकहरु नआएकाले कोशी गाउँपालिकाले प्रचारप्रसारमा जोड दिन र पर्यटकहरुलाई आकर्षित गर्नका लागि महोत्सवको आयोजना गरिएको थियो । विश्वमै दुर्लभ रहेको बाबुल प्रजातिको अर्नाका साथै पाँच सय बढी प्रजातीका चराहरु रहेको भएपनि कोशी टप्पु बन्यजन्तु आरक्ष ओझेलमा पर्दै आएको बेला कोशी पर्यटन महोत्सवले आरक्ष क्षेत्रमा पर्यटक भित्र्याउन कोशेढुङगा सावित हुने प्रदेश नं. १ प्रमुख प्रतिपक्षी दलका नेता राजिव कोइरालाले बताउनुभयो ।
https://www.facebook.com/inaruwaonline/photos/pcb.1057305164667808/1057304611334530/?type=3&av=112654112466256&eav=AfYcLtO0fjfKj-Nue6AfEA4uzEpQAkY1CKCrvo1x55ZUNE7T175h1OTDdqIbeNQBN_4&theater
नेपाल सरकारले पर्यटन वर्ष मनाइ रहेको बेलामा आरक्ष क्षेत्रमा बाह्य पर्यटकहरुका साथै आतरिक पर्यटकहरुलाई आकर्षित गर्न कोशी गाउँपालिकाले कोशी पर्यटन महोत्सव आयोजना गरेकोमा आयोजक लाई कोइरालाले धन्यवाद समेत दिनुभएको थियो ।
https://www.facebook.com/inaruwaonline/photos/pcb.1057305164667808/1057304738001184/?type=3&av=112654112466256&eav=AfYoLDq_k2pyEXH3bKkbpN1-ctWqf6GqmWT7-a4ib8AKQMVOIEpknZNt4htp31dt298&theater
कार्यक्रममा देवानगंज गाउँपालिकाका अध्यक्ष लालीप्रसाद मेहता, बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनाल, गढी गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादव, कोशी गाउँपालिकाकी उपाध्यक्ष अनितादेवी यादव लगायतको सहभागिता रहेको थियो । महोत्सवको अवसरमा बिभिन्न क्षेत्रबाट योगदान पुर्याएको भन्दै कर्मचारी, विद्यालयका प्रअ, संचारकर्मी, पर्यटन व्यवसायी लगायतका क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गरिएको गाउपालिकाका धर्मेन्द्र विश्वासले बताउनुभयो । कोशी टप्पु बन्यजन्तु आरक्षमा एक लाख पर्यटक भित्र्याउने लक्ष्य सहित गत माघ १९ गते देखि कोशी पर्यटन महोत्सवको आयोजना गरिएको थियो ।
https://www.facebook.com/inaruwaonline/photos/pcb.1057305164667808/1057304761334515/?type=3&av=112654112466256&eav=AfZ93rzWb-bmJA7grfri2rAdLu2cAHZETI9lATIydx1R1-M0Vdb7iNr2Aknk3VnBoks&theater

तपाईको प्रतिक्रिया

trusted online casino malaysia