- अमर काफ्ले

इनरुवा नगरपालिकामा भोलि बिदा हुने भएको छ । नगरपालिकाको कार्यालयले ७०औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सार्वजनिक बिदाको निर्णय गरेको हो । साथै दिवसका अवसरमा विविध कार्यक्रम समेत आयोजना गरिने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका सुचना अधिकृत निरज पोखरेलका अनुसार दिवसका अवसरमा भोलि विहान प्रभातफेरी तथा अस्पतालमा रहेका विरामीहरुलाई फलफुल वितरण गरिने छ । पोखरेलका अनुसार बिहान ७ बजे शहीद गेटमा भेला भई प्रभातफेरी प्रारम्भ गरिने छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia