- अमर काफ्ले

७०औं प्रजातन्त्र दिवसको अवसरमा सुनसरीमा विविध कार्यक्रमको आयोजना गरिएको छ । दिवसका अवसरमा सुनसरीका सबै स्थानीय तहले आफु पायकका कार्यक्रमहरु आयोजना गरेका छन् ।स्वयं संघीय सरकारले सबै स्थानीय तहलाई अनिवार्य दिवस मनाउन भनेकाले समेत ७०औं प्रजातन्त्र दिवस विविध कार्यक्रमहरुको आयोजना गरी मनाइएको छ । दिवसका अवसरमा सुनसरीमा प्रभातफेरी, अन्र्तकृया, सरसफाई, फलफुल वितरण जस्ता कार्यक्रम गरिएका छन् ।

जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा मूल समारोह समितिले सुनसरीको इनरुवामा दिवसका अवसरमा प्रभातफेरीका साथै अस्पतालका बिरामीलाई फलफुल वितरण गरी दिवस मनाएको छ । शहीद गेटमा रहेका शालिकमा माल्र्यापण पश्चात प्रभातफेरी सहभागिहरुलेइनरुवा अस्पतालमा पुगी विरामीलाई फलफुल वितरण गरेका थिए ।

इनरुवामा मनाइयो कार्यक्रममा जिसस प्रमुख गोपालराज भण्डारी, नगरप्रमुख राजन मेहता, उपप्रमुख जमुना गौतम, प्रहरी प्रमुख यज्ञबिनोद पोखरेल सहित जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, कर्मचारी तथा जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

यसैगरी गढी गाउँपालिकाले समेत दिवसका अवसरमा प्रभातफेरी तथा दिवसको सन्दर्भमा छलफल कार्यक्रमको आयोजना गरेको छ । अध्यक्ष श्रीप्रसाद यादव,उपाध्यक्ष राजकुमारी चौधरी सहित कर्मचारी लगायतको उपस्थितिमा प्रजातन्त्र दिवस मनाइएको लेखा अधिकृत दिलबहादुर खड्काले बताए । यसैगरी सुनसरीको कोशी गाउँपालिकामा समेत दिवस मनाइएको अध्यक्ष ऐयुब अन्सारीले जानकारी दिए ।

हरिनगरमा समेत दिवसका अवसरमा विविध कार्यक्रमको आयोजना गरिएको गाउँपालिका अध्यक्ष गफार अन्सारीले बताए । देवानगञ्जमा समेत कार्यक्रमहरु आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत त्रिलोचन न्यौपानेले बताए । दिवसकै अवसरमा गाउँपालिकाको भवन शिलान्यास समेत गरिएको न्यौपानेले जनाए ।

भोक्राहा नरसिंह गाउँपालिकाले समेत विविध कार्यक्रमको आयोजना गरी प्रजातन्त्र दिवस मनाएको प्रमुख प्रशासकीय अधिकृत उमेश घिमिरेले जानकारी दिए । यसैगरी रामधुनी, दुहवी, बराहक्षेत्र, बर्जु, इटहरी र धरानले समेत ७०औं प्रजातन्त्र दिवसका अवसरमा आफु पायकका कार्यक्रमहरु आयोजना गरेका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia