इनरुवा/ पारसले झुण्डिए आत्महत्या गरेका छन् । पारसको शव उनकै निवासमा झुण्डिएको अवस्थामा फेला परेको छ । पारस निकट आफन्तका अनुसार उनी केहि महिनायता डिप्रेसनमा थिए । आत्महत्या गर्दै गरेको दृष्य घरमा जडान गरिएको सीसी क्यामेरामा कैद छ । जसमा पारसले पटक पटक आत्महत्याको प्रयास गरेको देखिएको बताइएको छ । इनरुवा २ घर भएका पारस यादवको शव विहानीपख घरको दोस्रो तल्लामा झुण्डिएको अवस्थामा भेटिएको थियो । निकै निडर र हकी स्वभावका यादव इनरुवा सहितको क्षेत्रमा बेग्लै पहिचान बनाएका व्यक्तिका रुपमा हेरिन्थे ।

पछिल्लो समय राजनितिमा सकृय यादव स्थानीय तहको निर्वाचनमा राप्रपाबाट इनरुवा नगर प्रमुख पदकालागि उम्मेद्वार समेत बनेका थिए । मोटरसाइकल सोरुम संचालन गर्दै आएका यादव इनरुवामा व्यवसायीका रुपमा समेत जम्ने प्रयत्न गर्दै थिए । पछिल्लो समय पारस सामाजिक क्षेत्रमा समेत सकृय रहँदै आएका थिए । मृतक यादवको शवको इनरुवा अस्पतालमा पोष्टमाटम गरिएको छ । धार्मिक परम्परा अनुसार सुनसरी खोलामा उनको दाहसंस्कार गरिएको छ । २०१६ साल बैशाखमा जन्मेका पारसका दुई छोरा, एक छोरी र श्रीमती छन् । इनरुवा अनलाईन परिवार स्व.पारस यादव प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia