- अमर काफ्ले

सुनसरीको दुहवीमा रहेको एक नम्बर प्रदेश दंगा नियन्त्रण प्रहरी गणमा ४ सय बढी विरुवा रोपिएका छन् । सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरीको उपस्थितीमा आँप, लिच्ची, बयर र अनार प्रजातिका विरुवा रोपिएको छ ।


वृक्षारोपण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुनसरी प्रमुख एसपी यज्ञबिनोद पोखरेल, सशस्त्र प्रहरी बल ४ नम्बर गण हेडक्वाटर इनरुवाका प्रहरी नायब उपरिक्षक बालकृष्ण श्रेष्ठ सहितको उपस्थिती रहेको थियो ।दुहवी गणका प्रमुख प्रहरी उपरीक्षक मनोजकुमार यादवका अनुसार कार्यालय परिषर भित्रको हातामा विभिन्न प्रजातिका ४ सय ७४ विरुवा रोपिएका छन् । रोपिएका सबै विरुवा हुर्काउनु आफुहरुको दायित्व भएको यादवले बताए । एसपी यादवले कार्यालयमा रहेको जनशक्तिलाई दैनिक तालिकासँगै विरुवा गोडमेल र रेखदेखको कार्य समेतको जिम्मेबारी तोकिएकाले सबै विरुवा हुर्कनेमा विश्वस्त रहेको बताए ।

१० विगाह बढी क्षेत्रफल ओगटेको कार्यालय परिषर स्वच्छ, हराभरा र प्रकृतिमैत्री बनाउने उद्येश्यसाथ वृक्षारोपण गरिएको एसपी यादवले बताए । वृक्षारोपणसँगै बोटबिरुवाको संरक्षण गर्न सके वातावरणका साथै मानव स्वास्थ्य समेत स्वस्थ र निरोगी बन्ने हुँदा सो कार्यक्रमलाई प्राथमिकतामा राखिएको उनले बताए । दंगा गण दुहवीमा यसअघि समेत पटकपटक वृक्षारोपण गरिएको थियो । लगाइएका सबैजसो विरुवा समेत हुर्किएका छन् ।कार्यालयलाई प्रदेश एककै नमुना बनाउने लक्ष रहेको एसपी यादवले बताए । दुहवी दंगा गणले एक नम्बर प्रदेशभर आवश्यकता अनुरुप आवश्यक थप बल पु¥याउदै आएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia