इनरुवा। सुनसरीको हरिनगर गाउपालिका ६ र ७ नम्वर वडामा नेपाली काङग्रेस सुनसरीको समायोजन भएको छ । दुवै वडाका पार्टीका पदाधिकारीहरुको सम्पन्न भएको भेलाले पार्टीको समायोजन सम्पन्न भएको हो । समायोजन भएको पार्टीका ६ नम्वरका वडा सभापतिमा हजि सेराज अंसारी चयन भएका छन । त्यसैगरी उपसभापतिमा दाउद अंसारी, सचिबमा जुवेर आलम र कोषाध्यक्षमा कामेश्वर साह चयन भएको पार्टीका गाउपालिका सचिब नइम अंसारीले बताउनुभयो ।

त्यसैगरी सदस्यहरुमा इस्लाम अंसारी, सहरुन खातुन सहित ४८ सदस्य समिति गठन भएको पार्टीका गाउपालिका सचिब अंसारीले बताउनुभयो । त्यसैगरी फुलचन साहको सभापतित्वमा ७ नम्वर वाडा समिति समेत समायोजन भएको छ । समायोजन पार्टीको उपसभापतिमा तविर मंसुरी सचिबवमा नदिम खान र कोषाध्यक्षमा इसा खान चयन भएको पार्टीले जनाएको छ ।त्यसैगरी सदस्यहरुमा लिला देवी मलाह, जुगनु रावउ सहित ३५ सदस्य समिति गठन भएको पार्टीका गाउपालिका सचिब नइम अंसारीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia