इनरुवा। एक सय छब्बीस सहारा बिहिन बालबालिकाहरुलाई एक गैरसरकारी संस्थाले जाडोबाट जोगिनका लागि न्यानो सामग्री तथा खाद्यान्न वितरण गरेको छ । इनरुवा २ मा रहेको हिदायत एजुकेसनल एण्ड बेल फेयर ट्रष्ट इनरुवा सुनसरी नेपालले चार जिल्लाका १ सय २५ जना सहारा बिहिन बालबालिकाहरुलाई जाडोबाट जोगिनका लागि न्यानो सामग्री तथा खाद्यान्न वितरण गरेको हो । संस्थाले कतार च्यारीटीको सहयोगमा सुनसरी, मोरङग झापा र सप्तरीका १ सय २६ सहारा बिहिन बालबालिकाहरुलाई जाडोबाट जोगिनका लागि न्यानो सामग्री तथा खाद्यान्न वितरण गरेको आयोजक संस्थाका सचिव हजरत हुसेनले बताउनुभयो ।

संस्थाले बालबालिकाहरुलाई प्रति बालबालिका एक थान कम्वल, १ थान हिटर, एक थान डस्ना, स्वीटर, टोपी, २५ केजी चामल, ५ केजी तेल, २ केजी नुन, ३ केजी चना लगायतका सामग्री विरण गरिएको आयोजक संस्थाका सचिव हुसेनले बताउनुभयो । सामग्री वितरण कार्यक्रम संस्थाका अध्यक्ष मौलाना हारुन खानको अध्यक्षता र पूर्वराज्यमन्त्री तथा संघीय सांसद सिताराम मेहताको प्रमुख आतिथ्य सम्पन्न सम्पन्न भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै सांसद मेहताले यस संस्थाले बिभिन्न समाजिक कार्य गर्दै आएकोमा संस्थालाई बालबालिकाहरुको होस्टल र सभाहल निर्माण गर्नका लागि आफनो संसद विकास कोषको रकमबाट २५ लाख रुपैया सहयोग गर्ने घोषणा समेत गर्नुभयो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia