- अमर काफ्ले

नगरवासीको चासो र चर्चाको विषय बन्दै आएको रात्रीकालीन फुटबलको दोस्रो संस्करणमा मेयर (टाइटल) हट्ने संकेत देखा परेको छ ।  इनरुवामा अघिल्लो वर्ष मेयर कप रात्रीकालीन वडास्तरीय फुटबल प्रतियोगिताको नामले खेल संचालनमा ल्याइएको थियो । यस पटक भने प्रतियोगिताको नाम परिवर्तन गरी खेल आयोजना हुने संभावना बढेको छ ।बैशाखको पहिलो साताबाट रात्रीकालीन फुटबल प्रतियोगिता संचालनमा ल्याउने गरी तयारीमा जुटेको आयोजकले प्रतियोगिताको नामबाट मेयर भन्ने शब्द हटाएर वडास्तरीय कप मात्रै नाम राख्ने संभावना दर्शाएको छ ।

इनरुवा खेल मैदानको स्तरउन्नतीका लागि नगरपालिकाले माटो पुर्न थालेपछि यस पटकको रात्रीकालीन फुटबल सुनसरी बहुमुखी क्याम्पसको खेल मैदानमा आयोजना गर्न लागिएको छ ।आयोजक इनरुवा इभेन्ट म्यानेजमेन्टले बैशाखको पहिलो साताबाट फुटबल आयोजना गर्ने गरी तयारीमा जुटेको जनाएको छ । अध्यक्ष राकेश निरौलाका अनुसार प्रतियोगिता संचालनका लागि सरोकारवालासँग भएको छलफलले प्रतियोगिताको मिति र नामको विषय लगभग टुङगो लगाएको हो । फुटबल खेलसँग सम्वन्धित पदाधिकारी, स्थानीय अगुवा र युवाहरुसँग भएको छलफलले प्रतियोगिताको नामबाट मेयर शब्द हटाएर वडास्तरीय कप मात्र राख्ने सहमती जनाएको निरौलाले जानकारी दिए । उनले सरोकारावालासँग चरणवद्ध तवरले छलफल चलाइने समेत बताए ।पहिलो संस्करणको प्रतियोगिता इनरुवा खेल मैदानमा सम्पन्न गरेको इनरुवा इभेन्ट म्यानेजमेन्टले मैदान उपलब्ध नहुने भएपछि खेल गराउने निर्णण बाट पछि हटेको जनाएको थियो ।

प्राविधिक कारण देखाउँदै दोस्रो संस्करणको फुटबल प्रतियोगिता नगराउने निर्णयमा पुगेको बताउने निरौला स्थानीय अगुवा सहित फुटबल पारखी तथा शुभेच्छुकहरुको चाहना र दबाब पश्चात खेल संचालनमा ल्याउने तरखरमा जुटेको बताउँछन् । खेलका लागि आवश्यक लाइट सहित सहयोगमा सरोकारवालाहरुले तदारुकता देखाएकाले प्रतियोगिता सफलता पूर्वक सम्पन्न हुनेमा आश पलाएको निरौलाको भनाई छ ।आयोकजले प्रतियोगिता इनरुवा खेल मैदानमै गराउन नगरपालिका समक्ष निकै अघिनै प्रस्ताव पेश गरिएको भएपनि नगरपालिकाले माटो पुर्नु पर्ने बाध्यात्मक कारण देखाउदै आएको बतायो ।  निरौलाले सहयोगी र शुभेच्छुक सहित नगरबासीबाट साथ र सहयोग प्राप्त हुने आश्वासन मिलेकाले सुनसरी बहुमुखी क्याम्पसको मैदानमा रात्रीकालीन फुटबल आयोजना हुने लगभग पक्कापक्की भएको बताए ।आयोजकसँगको मनमुटावका कारण नगरप्रमुख राजन मेहताले रात्रीकालीन फुटबललाई चासो नदिएपछि अन्य सहयोगी हात जुटाएर प्रतियोगिता संचालनको तयारी थालिएको बुझिएको छ । प्रतियोगिता संचालनकालागि स्थानीय युवाहरुले समेत साथ र सहयोगको प्रतिवद्धता जनाएको आयोजक इनरुवा इभेन्ट म्यानेजमेन्टले बताएको छ ।उता नगरप्रमुख राजन मेहताले वर्षाको समय नजिकिदै गएकाले काममा ढिलाई नहोस भनेर रङगशालामा माटो पुर्न थालिएको बताए । मेहताले आफु खेल र खेलाडीको बिकासका सदैव तत्पर रहेको बताए । उनले नगरलाई खेलकुदको हब बनाउने आफ्नो अभियान जारी रहेको बताए । जसकालागि समय र परिस्थिती बुझेर साथ र सहयोगकालागि नगरवासी समक्ष आग्रह मेहताले आग्रह गरे । नगर प्रमुख मेहताले रात्रीकालीन फुटबल संचालन तथा आयोजनामा आफुले सक्दो सहयोग रहने समेत बताए । रात्रीकालीन फुटबल इनरुवामा सबै भन्दा बढी दर्शक तान्न सफल प्रतियोगिता हो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia