इनरुवा। सुनसरी सदमुकाम इनरुवा ६ मधेशामा चोरी भएको छ । स्थानीय पशुपति निरौलाको घरमा चोरी भएको हो ।घरमा कोही नभएको मौकामा चोरहरुको समुहले ढोकामा लगाएको ताल्चा तोडेर चोरी गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।चोरहरुको समुहले घरमा रहेको करिव ८ तोला सुन, ५ चोला चाँदी र ६५ हजार नगद चोरी गरेर लगेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।घरमा चोरहरुको समुहले जम्ममा ८ लाख बरावरको धनमाल चोरी गरेर लगेको पीडित निरौलाको भनाइ छ ।घटनाको बिषयमा अनुशन्धान भइरहेको सुनसरीका प्रहरी उपरीक्षक यज्ञबिनोद पोखरेलले बताए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia