- अमर काफ्ले

सुनसरीको इनरुवामा सम्पन्न तेस्रो मेयर कप रात्रिकालीन राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि आर्मीले जितेको छ ।आर्मीले अर्को विभागीय टोलीलाई पराजित गर्दै उपाधि हात पारेको हो ।उपाधिसँगै आर्मीले १ लाख ५० हजार पुरस्कार प्राप्त गरेको छ । उपबिजेता बनेको पुलिसले ७५ हजारमा चित्त बुझाएको छ ।

शान्तिदीप नेपाल र इनरुवा नगरपालिकाले संयुक्त रुपमा आयोजना गरेको रात्रिकालीन भलिबल प्रतियोगिताको प्रतिष्पर्धात्मक फाइनल खेल आर्मीले ३–१ को सेटमा जितेको हो ।महेन्द्र चोकमा सम्पन्न फाइनल खेलको पहिलो सेट आर्मीले २६–१४ को स्कोरमा जितेको थियो ।दोस्रो सेटमा भने पुलिसले पुनरागमन गर्दै २५–२३ ले जितेपनि तेस्रो र चौथो सेट गुमाउँदा उपाधि चुम्मबाट वञ्चित हुन पुग्यो । तेस्रो सेटमा आर्मीले २५–११ र चौथो सेट २५–१७ को स्कोरमा पुलिस विरुद्ध जित दर्ता गर्दै उपाधि माथि कब्जा जमायो ।

फाइनल खेलको म्यान अफ द म्याच आर्मीका धनबहादुर भट्ट घोषित भए । प्रतियोगिताको उत्कृष्ट स्पाइकरको उपाधि पुलिसका धवन सिंह परियारले हात पार्दा वेस्ट सटर आर्मीका हरि थापाले जिते । वेस्ट डिफेन्स आर्मीकै इश्वर थापा बन्न सफल हुँदा वेस्ट सर्विस पुलिसका इम राना मगर चुनिए ।

त्यसैगरी वेस्ट क्विकर आर्मीका हरि अधिकारी बन्न सफल हुँदा प्लेयर अफ द टुर्नामेन्टको पुरस्कार आर्मीका राजेन्द्र विष्टले हात पारे । त्यसैगरी बिजयी टिम आर्मीका ज्ञानेश्वर अधिकारी उत्कृष्ट कोच बन्न सफल भएका छन् ।रात्रिकालीन भलिबल प्रतियोगितामा तीन विभागीय सहित ८ टिमले सहभागिता जनाएका थिए ।बिजेता तथा उपबिजेता सहितका खेलाडीहरुलाई नगर प्रमुख राजन मेहता सहित आयोजक संस्थाका अध्यक्ष सुवास राई लगायतका अतिथिले पुरस्कार वितरण गरेका थिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia