इनरुवा। जिल्ला प्रशासन कार्यालय सुनसरीले एक ठाउमा भेला भएर होली पर्व नमनाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय इनरुवा सुनसरीमा बिहिबार सम्पन्न भएको विपत पूर्व तयारी तथा प्रतिकार्य अद्यावधिकका लागि क्षेत्रगत समुहको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले बिभिन्न देशहरुमा देखिएको कोरोना भाइरस यस जिल्लामा समेत फैलन सक्ने सम्भावनालाई मध्यनजर गर्दै एक ठाउमा भेला भएर होली पर्व नखेल्न नखेलाउन आग्रह गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले बताउनुभयो । बैठकले भेला भएर, भीड जम्मा गरेर होली पर्व नमनाउन र आफनै घरमा परिवारहरुको साथमा मनाउन आग्रह गरेको छ । त्यसैगरी सुनसरीमा सार्वजनिक रुपमा आयोजना हुने औपचारिक कार्यक्रम निश्चित कालसम्मका लागि स्वीकृति नदिने निर्णय समेत गरिएको छ । बैठकले पूर्वस्वीकृति लिइएका कार्यक्रमलाई पनि रद्द गर्न अनुरोध गर्ने निर्णय भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।

साथै भीडभाडमा नजान तथा भेला, सभा, सम्मेलन जस्ता कार्यक्रमहरु नगर्न आग्रह समेत गरेको छ । बैठकमा सुनसरीका प्रमुख जिल्ला अधिकारी पौडेल सहित, धरान उपमहानगरपालिकाका मेयर तिलक राइ, रामधुनी नगरपालिकाका मेयर जयप्रकाश चौधरी, इनरुवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सढकुमार पोखरेल, सुनसरीका प्रहरी नायव उपरीक्षक बिनोद शर्मा, रेडक्रस सोसाइटी सुनसरीका अध्यक्ष उमेश थापा,उपकोषाध्यक्ष बिष्णु मण्डल, नेपाल पत्रकार महासंघ सुनसरीका सदस्य तथा राससकर्मी अजितकुमार झा, बिभिन्न सरकारी कार्यालयका प्रमुख तथा पदाधिकारी, स्थानीय तहका प्रमुख तथा प्रतिनीधिहरु लगायतको सहभागीता रहेको थियो ।

भारतसंग जोडिएको सुनसरीको बिभिन्न सीमा नाकाहरुमा डेक्स स्थापना गरिएको, सीमा क्षेत्रमा जनचेतना फैलाउने र सीमा क्षेत्र भएर भारतीय नागरिक नेपाल तर्फ आउन लागेको खण्डमा संकास्पद देखिए प्रवेषमा रोक लगाउने तयारी भएको सुनसरीका प्रहरी नायव उपरीक्षक बिनोद शर्माले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia