सडक निर्माणको क्रममा विस्थापित हुन पुगेका सुकुम्बासी परिवारलाई वडा नम्वर ६ को कार्यालयले राहत सामग्री वितरण गरेको छ ।कार्यालयले साविक ८ नम्बर वडाको सुकुम्बासी वस्तीका विस्थापित ११ परिवारलाई जस्तापाता वितरण गरेको हो ।

वडा अध्यक्ष कोषराज अधिकारी, कार्यपालिका सदस्य मनु चापागाई सहित वडा सदस्यहरु हेमनारायण चौधरी, राजेश दाहाल र ठकुनी सदाको उपस्थितिमा सुकुम्बासी परिवारलाई रंगीन जस्तापाता (टिन) वितरण गरिएको हो ।टिन वितरणको कार्य सम्वन्धित परिवारबाट माग आएपछि क्रमशः उपलब्ध गराइदै जाने वडा नम्बर ६ को कार्यालयले जनाएको छ ।

वडा कार्यालयले प्रतिपरिवार ४ बन्डल टिन सहित आवश्यक सामाग्री उपलब्ध गराएको हो । अध्यक्ष अधिकारीले बाटोमा परेका घर टहरा भत्काएर सडक विस्तारमा सहयोग पु¥याउने परिवारलाई यसअघि गरिएको वाचा अनुरुप जस्तापाता उपलब्ध गराइएको बताए । वडा कार्यालयले प्रतिपरिवार ३५ हजारका दरले सहयोग सामग्री उपलब्ध गरिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia