- अमर काफ्ले

इनरुवा नगरपालिकाको वडा नम्वर ३ ले मास्क उत्पादन सँगै वितरण थालेको छ । वडा नम्वर ३ को कार्यालय इनरुवाले कोरोना भाइरसको बढ्दो महामारी र त्रासलाई मध्यनजर गर्दै मास्क उत्पादन गरी वितरण थालेको हो ।

वडाध्यक्ष कालुराम गुरुङका अनुसार बजारमा मास्कको अभावलाई मध्यनजर गर्दै उत्पादन थालिएको बताए । उत्पादित मास्क वडावासीलाई निःशुल्क वितरण गरिने गुरुङले बताए । वडा कार्यालयले स्वास्थ्य चेकजाँचको व्यवस्था समेत मिलाएको छ । कोरोनाको आशंका गरी पुग्नेहरुकालागि स्वास्थ्य जाँचको व्यवस्था मिलाएको वडा नम्बर ३ ले जनाएको छ ।
यसैबिच वडाध्यक्ष गुरुङ सहितको टोलीले वडाका चोकचोकमा हातधुने व्यवस्था मिलाउन साबुन र बाल्टी वितरण थालेको छ । भीडभाड हुने स्थान तथा चोकमा साबुन पानीले हात धुने व्यवस्था मिलाउन आवश्यक सामग्री वितरण गरिएको अध्यक्ष गुरुङले बताए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia