- अमर काफ्ले

विश्वमा महामारीका रुपमा देखा परेको कोभिड १९ अर्थात नोवेल कोरोना भाइरसको प्रभावबाट बँच्न स्थानीय तहहरुले आफु पायकका कार्यक्रमहरु थालेका छन् ।
सर्तकतासँगै सजकताकालागि स्थानीय तहमा पर्चा, पमप्लेट वितरणसँगै सचेतना मूलक कार्यक्रमहरु संचालन भैरहेको छन् । इनरुवाको हकमा नगरपालिका हुँदै वडा तहसम्मै सावधानी लगायतका सवालमा विविध गतिविधी संचालनमा ल्याइएका छन् ।


इनरुवाका सबैजसो वडाले वडावासीहरुमा सर्तकता अपनाउन आग्रह गरिरहँदा बजारमा मास्कको अभावलाई मध्यनजर गर्दै तदारुकताका साथ मास्क उत्पादनको कार्यलाई अघि बढाएका छन् ।यसैबिच इनरुवाको वडा नम्बर ५ ले समेत वडामा मास्क उत्पादन थालेको छ । वडाध्यक्ष अञ्जनी पोखरेलका अनुसार वडामै मास्क उत्पादन गर्न थालिएको छ । पोखरेलका अनुसार उत्पादित मास्क सबै वडावासी समक्ष पुर्याउने लक्ष लिइएको छ ।पोखरेलले सबै वडावासीलाई भाइरस विरुद्ध सजक र सर्तक रहन आग्रह गरिनुका साथै आवश्यक परामर्श सहितको सहयोग उपलब्ध गराउन थालिएको बताए । वडाध्यक्ष पोखरेका अनुसार वडावासीको जमघट हुने स्थान र चोकहरुमा साबुन पानीले हात धुने व्यवस्था समेत मिलाउन थालिएको छ ।वडा नम्बर ५ ले रोग लाग्न नदिन सरसफाई सँगै व्यक्तिगत सावधानी अपनाउन समेत वडावासीमा आग्रह गरेको छ । अत्यावश्यक बाहेक हिडडुल नगर्न र आत्मबल उच्च बनाई पूर्ण रुपमा सजकता अपनाउन वडावासीमा अनुरोध समेत गरिएको छ । वडा कार्यालयले २५ जना भन्दा बढी उपस्थित नहुन समेत भनेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia