- अमर काफ्ले

नोवेल कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै इनरुवा नगरपालिकाको कार्यालयले नगरभित्र लाग्दै आएका हटिया बन्द गराउने निर्णय गरेको छ ।भीडभाडका कारण संक्रमणको जोखिम बढ्ने भएकाले पूर्व सावधानीका लागि नगर भित्र लाग्दै आएका हटिया बन्द गर्ने निर्णय गरिएको इनरुवा नगरपालिकाको कार्यालयले जनाएको छ ।नगर प्रमुख राजन मेहताले पूर्व सावधानी र सर्तकता अपनाउन नगर भित्र लाग्दै आएका सोमबारे र बिहीबारे हाट तत्कालकालागि बन्द गर्न लागिएको बताए । मेहताले अर्को सूचना जारी नभएसम्म हटिया लगाउन नपाइने बताएका छन् । अटेर गरी हटिया लगाएको पाइए नगरपालिकाले कानुन बमोजिम कार्वाही समेत गर्न सक्ने जनाएको छ ।

नगरपालिकाले इनरुवा ४ को रामजानकी मन्दिर छेउमा दैनिक विहान लाग्ने थोक कृषि बजार समेत रोक्ने संकेत गरेको छ । गुद्री बजारको सम्वन्धमा उद्योग वाणिज्य संघ इनरुवा संगको परामर्श पश्चात निश्चिय समयावधि निर्धारण गरी खुल्ला गर्ने विषयमा छलफल अघि बढाइएको कार्यालयले जनाएको छ ।यसैगरी नगरपालिकाले इनरुवा बजार बन्द गराउने सवालमा समेत उद्योग वाणिज्य संघसँग परामर्श थालिएको जनाएको छ । किनमेलकालागि निश्चित समय छुट्याएर बजार खोल्ने तयारी थालिएको नगर प्रमुख मेहताले बताए ।विषम परिस्थितिमा बजारमा हुन सक्ने कालाबजारी रोकथामकालागि अनुगमन टोली परिचालन गर्ने समेत नगरपालिकाले जनाएको छ । दैनिक उपभोग्य लगायतका वस्तुको अभाव सृजना हुन नदिन नगरपालिका प्रतिवद्ध रहेको समेत मेहताले बताएका छन् । मेहताले कमअसुविधा पर्ने गरी नगरवासीको हितमा लागिपर्ने बताएका छन् ।कोरोना भाइरसबाट बँच्न र बचाउन व्यक्तिगत सरसफाई देखि सचेत र सर्तक रहन आवश्यक रहेकाले जोखिम र संक्रमणबाट नगर र नगरवासीलाई सुरक्षित राख्न केहि कठिन निर्णय समेत गर्नुपर्ने हुँदा पर्नजाने असुविधालाई सहज रुपमा लिइदिन समेत नगर प्रमुख मेहताले नगरवासी समक्ष आग्रह गरेका छन् ।यसैबिच नगर प्रमुख मेहताले कोरोना भाइरस विरुद्ध नगरपालिकाले चालेका कदम र भावी रणनीति लगायतका बारेमा नगरवासीलाई सम्बोधन गर्ने भएका छन् । नगरपालिकाको कार्यालयले दिएको जानकारी अनुसार आज साँझ नगर प्रमुख मेहताले नगरवासीका नाममा सम्बोधन गर्ने छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia