- अमर काफ्ले

नोवेल कोरोना भाइरसको बढ्दो जोखिमलाई मध्यनजर गर्दै उद्योग वाणिञ्य संघ इनरुवाले नगरभित्रका सबै बजार बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाको कार्यालयले सावधानी अपनाउन नगर भित्र कडाई थालेको भोलिपल्ट उद्योग वाणिज्य संघ इनरुवाले समेत बजार पसल बन्द गर्ने निर्णय लिएको हो । उवासंघको आपतकालिन बैठकले महामारीको सम्भावनालाई मध्यनजर गर्दै दुई साताका लागि इनरुवा बजार बन्द गर्ने निर्णय गरेको हो ।

उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष वीरेन्द्रकुमार साहका अनुसार भोलि अर्थात चैत्र ११ गतेबाट २१ गते सम्म नगर क्षेत्र भित्रका अति आवश्यक सेवा वाहेक सम्पूर्ण व्यापार व्यवसाय बन्द गर्न लागिएको हो । साहले संघको निर्णय नगरभित्र रहेका सबै व्यापारी र व्यवसायीहरुकालागि बाध्यकारी हुने बताए ।

उवासंघ इनरुवाले बन्दमा अत्यावश्यकीय सेवा र वस्तुको विक्रि तथा कारोवार भने खुला रहने जनाएको छ । उवासंघको पछिल्लो निर्णय पछि अब इनरुवामा खाद्यान्न, पानी, दुध, तरकारी पसल, इन्धन, औषधी र स्वास्थ्य क्लिनिकहरु मात्र खुल्ने छन्  । अत्यावश्यकीय सेवा प्रदान गर्दा प्राथमिकताका आधारमा सावधानी र सचेतना अपनाई नगरपालिकाको निर्णय पालना गर्ने गरी संचालनमा ल्याउन उवासंघ इनरुवाले आग्रह गरेको छ । उवासंघका अध्यक्ष साहका अनुसार अवस्था हेरी अत्यावश्यकीय सेवामा समेत समय निर्धारण गर्न सकिने जानकारी दिएका छन् ।

यसैबिच इनरुवामा रहेका सुनचाँदी व्यवसायी संघले समेत आजबाट सम्पूर्ण सेवा रोकेको छ । अध्यक्ष रमेश श्रेष्ठका अनुसार कोरोना महामारीको बढ्दो जोखिमलाई मध्यनजर गर्दै चैत्र २१ गते सम्मकालागि सम्पूर्ण सेवा सहित कारोबार रोकेको छ ।इनरुवा नगरपालिकाले यस अघिनै साप्ताहिक हटिया, मदिरा सहित माछामाछाको विक्रि वितरणमा रोक लगाउनुका साथै क्वारेन्टाइन चेकजाँच बेगरका तरकारीको आयातमा रोक लगाई सकेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia