- अमर काफ्ले

भारतको पञ्जाब बाट सुनसरी आइपुगेका दुई जना युवालाई इनरुवा अस्पतालले धरान रेफर गरेको छ । भारतमा रोजगारी गर्दै आएका ति युवा कोरोना संक्रमणको जोखिम बढेपछि हिजो घर फर्किएका थिए । इनरुवा अस्पतालले धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएकामा एकजना इनरुवा र अर्का महेन्द्रनगर चक्रघट्टीका रहेका छन् ।

इनरुवा घर भएका युवामा ज्वरो देखिएपछि उनलाई इनरुवा नगरपालिकाले बस चोकमा संचालनमा ल्याएको क्वारेन्टाइन स्थलमा पु¥याइएको थियो । क्यारेन्टाइनमा खटिएको टोलीले अस्पतालको सिफारिस आवश्यक पर्ने भनि फर्काए पछि इनरुवा अस्पतालका मेसु डा.सन्तोष राईले चेकजाँच गरेका छन् ।डा.राईका अनुसार इनरुवा घर भएका युवामा ज्वरो देखिएको छ । सामान्य रुपमा सुख्खा खोकी लागेको भएपनि स्वासप्रश्वासमा भने समस्या नदेखिएको राईले जानकारी दिए ।उनीसँगै भारतबाट आएको भएकाले अर्का युवालाई समेत अस्पतालमा चेकजाँच गरिएको डा. राईले बताए । अस्पतालले चक्रघट्टीका युवाको स्वास्थ्य अवस्था पूर्ण रुपमा सामान्य रहेको बताए ।

यद्यपी इनरुवा अस्पतालले भारतमा कोरोनाको संक्रमण देखिएको र संवेदनशील क्षेत्रबाट आएको हुँदा दुवै युवालाई थप परीक्षणका लागि धरान रेफर गरिएको जनाएको छ । स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईले इनरुवा अस्पतालमा आएका शंकास्पद बिरामीको चेकजाँच पश्चात थप परीक्षण गर्न वीपी प्रतिष्ठान धरान रेफर गरिएको जानकारी दिए ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले समेत इनरुवा अस्पताल पुगेका युवाहरुलाई थप परीक्षणको व्यवस्था मिलाउन भनिएको बताए । प्रजिअ पौडेलले युवाहरुले तय गरेको यात्राको आधारमा थप परीक्षण गर्न आवश्यक ठानिएको बताए । उनले सबैमा सचेत र सजक रहन आग्रह गर्दै इनरुवा अस्पतालमा आएको भनिएका शंकास्पद विरामीको विषयमा अफवाह नफैलाउन आग्रह समेत गरेका छन् ।

यसैगरी इनरुवा अस्पताल प्रशासनले समेत दुवै युवा भारतबाट आएको हुँदा आवश्यक थप स्वास्थ्य परीक्षणका लागि धरान पठाइनुलाई संक्रमणसँग जोडेर नलिन भनेको छ । संक्रमण हुन सक्ने आंशकाका आधारमा थप परीक्षण गर्न उनीहरुलाई रेफर गरिएको उसले प्रष्ट्याएको छ । थप चेकजाँच पछिको रिपोर्ट मात्र आधिकारीक हुने इनरुवा अस्पतालले जनाएको छ ।
इनरुवा अस्पतालमा जाँच गरिएका दुवै युवा भारतबाट रक्सोल नाका हुँदै सुनसरी आइपुगेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia