- अमर काफ्ले

स्वास्थ्य परीक्षणकालागि इनरुवा अस्पतालबाट धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएका दुई युवा घर फर्किएका छन् ।  इनरुवा अस्पतालले इनरुवा र चक्रघट्टी घर भएका दुई युवालाई थप स्वास्थ्य परीक्षणकालागि वीपी प्रतिष्ठान धरान रेफर गरेको थियो ।

युवाहरुले तय गरेको यात्राको आधारमा आवश्यक चेकजाँचकालागि इनरुवा अस्पतालले उनीहरुलाई धरान पठाएको थियो । भारतको पञ्जाब बाट घर फर्किएका दुवै युवा रक्सोल नाका हुँदै सुनसरी आइपुगेका थिए ।इनरुवा अस्पतालका डा.सन्तोष राईले प्रारम्भिक स्वास्थ्य जाँच गरी थप उपचारकालागि धरान रेफर गरेका दुवै युवालाई वीपी प्रतिष्ठान धरानले अवस्था सामान्य भन्दै घरमै आराम गर्न भनि फर्काएको बुझिएको बताए ।डा.राईले धरानले दुवैको अवस्था सामान्य रहेको भन्दै घरमै सेल्फ क्वारेन्टाइनमा बस्ने गरी फिर्ता पठाएको आफुकहाँ जानकारीमा आएको बताए । डा.राईले वीपीले विरामीको लक्षणका आधारमा थप परीक्षणको आवश्यक्ता नदेखिएकाले ज्वरोको औषधी दिएर घर पठाएको बुझिन आएको बताए ।

यता सुनसरीका प्रहरी प्रमुख यज्ञबिनोद पोखरेलले समेत इनरुवाबाट धरान रेफर गरिएका युवा घर फर्कि सकेको बताएका छन् । पोखरेलले दुवै युवाको ज्वरो लगायत स्वासप्रश्वासको अवस्था परीक्षण गर्दा कोरोनाको लक्षणसँग मिल्दोजिल्दो नदेखिएकाले वीपीका स्वास्थ्यकर्मीले उनीहरुलाई फर्किन भनेको जानकारी दिए । धरानले घर जान भनेपछि दुवै युवा घर समेत फर्किसकेको पोखरेलले बताए ।नोगेटिभ र पोजेटिभको अवस्था भन्दा पनि चिकित्सकहरुले भारतबाट यात्रा गरी आएकाले दुवै युवालाई सावधानीका साथ घरमै रहन भनेको सुनसरी प्रहरीले जनाएको छ ।दुई युवा मध्ये इनरुवाका युवामा ज्वरो र खोकी देखापरेको थियो भने अर्का युवालाई सँगै यात्रा गरेको आधारमा परीक्षणकालागि अस्पताल पुर्याइएको थियो ।धरान रेफर गर्दैगर्दा समेत इनरुवा अस्पतालले भारतबाट आएको व्यक्तिमा ज्वरो देखिएकाले सावधानी अपनाउँदै धरान रेफर गरिएको बताएको थियो । त्यसैपनि इनरुवा अस्पतालले सामान्य प्रकृतिका विरामीलाई समेत आवश्यक थप परीक्षण र उपचारकालागि भन्दै धरान र बिराटनगर लगायतका अस्पताल रेफर गर्ने गरेको छ ।कोरोना संक्रमणको आंशकामा भारतबाट आएका युवामा ज्वरो र सुख्खा खोकी देखिएपछि थप परीक्षणकालागि इनरुवा अस्पतालले बिरामीलाई धरान पठाउनुलाई धेरैजसोले जोखिम पूर्वको सावधानी समेत भनेका छन् । घर फर्किएकाहरुलाई स्वास्थ्यमा असहजता महसुस भए सम्पर्क आउन भनेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia