- दिलिप कुमार साह

राजविराज। कोरोना भाइरस (कोभिड–१९) का रोकथान तथा नियन्त्रणका गर्नको लागि सप्तरी जिल्लाका १८ ओटै स्थानीय तहहरुले आ–आफ्नो गाउँपालिका भित्र सुविधा सम्पन्न क्वारेन्टाइन तयार गरेके छ । स्वास्थ्य कार्यालय सप्तरीले जानकारी अनुसार राजविराज नगरपालिका स्थित साईकृष्णा मेडिकल ११, डाक्नेश्वरी नगरपालिकाको माध्यमिक विद्यालय पातोमा २, राजगढ गाउँपालिकाको जनता शंकर माध्यमिक विद्यालय नर्घोमा २, अग्नीसाइर कृष्णासवरण गाउँपालिकाको जनचेतना माध्यमिक विद्यालय घोघिदाहामा १, छिन्नमस्ता गाउँपालिका स्थित चौरसिया धर्मशालामा ९, तिलाठी कोइलाडी गाउँपालिकाको माध्यमिक विद्यालय कट्टीमा २ गरी ३६ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका स्थित बभनगामा कट्टी स्कुलमा १५ बेडको क्वारेन्टाइन स्थापना गरेको छ । यस्तै बलान बिहुल गाउँपालिकाले समेत बुधबार क्वारेन्टाइनको व्यवस्थापन गरेको छ  । बलान विहुल गाउँपालिकाले १५ शैय्या बोदे बरसाईन नगरपालिकाले १० शैय्या जीवनदीप अस्पताल प्रालिले ५ शैय्याको क्वारेन्टाइन कक्ष तयार गरेको छ । यसैगरी हनुमाननगर कंकालिनी नगरपालिकाले समेत सुविधासम्पन्न क्वारेन्टाइन निर्माण गरेको छ ।उक्त क्वारेन्टाइनमा बस्ने, खाने तथा स्वास्थ्य सेवा समेतको व्यवस्था गरिएको स्वास्थ्य कार्यालय प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् । भारतसहित विभिन्न देशहरुबाट आएकाहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखेर निगरानी गर्ने गरिएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia