इनरुवा। हामीलाई प्राप्त भिडियो अनुसार इनरुवा नगरपालिकाको वडा नं. १ र ३ को बिच भागको खालि चौरमा लकडाउनको वास्ता नगरी महिलाहरुको गफगाफ चल्दै गरेको तथा बालबालिका तथा वयस्कहरु खेल्दै गरेको देख्न सकिन्छ। यस गतिविधिले प्रष्ट बुझ्नसकिन्छ कि नेपाल लगायत विश्वभरि फैलिएको कोरोना भाईरसको त्रासले यस भिडियोमा भएका व्याक्तिहरुलाई छोएको छैन। सरकारले जनतालाई कोरोना भाईरसको संक्रमणबाट बच्न घन्काउदै आएको “होम क्वारेन्टाईन” नारालाई यस भिडियोमा सिधै वेवास्ता गरेको देखिन्छ।

इनरुवा नगरपालिकाको मूख्य भाग तथा सडकहरुमा लकडाउनको पुर्णरुपमा पालना गरिएको देखिएतापनि नगरको भित्रि भागहरुमा लकडाउनको पालना शुन्यको बराबरमा छ। नगरवासिहरुलाई कोरोनाको संक्रमणबाट मुक्त राख्न नगरपालिका तथा वडा कार्यालयहरुले नगरका भित्रि भागहरुमा विशेष निगरानि राख्नु पर्ने स्थानियको बुझाई छ। स्थानियहरु भन्छन् लकडाउन अवधिमा नगरका भित्रि सडकहरुमा कमसेकम दिनको एक पटक सुरक्षाकर्मीहरुको गस्ति हुदा यस अभियानलाई अझ प्रभावकारी बनाउन सकिन्छ कि?

भिडियोको लागि तल क्लिक गर्नुहोसः
https://www.facebook.com/inaruwaonline/videos/2556782324537525/?t=0

तपाईको प्रतिक्रिया

trusted online casino malaysia