- अमर काफ्ले

मुलुकमा लक डाउनको अवस्था रहेपनि अझपनि धेरै स्थानमा अटेर गर्नेहरु सडकमा निस्कन छाडेका छैनन् ।  खासगरी साँझ ५ बजे पश्चात मानिसहरु घर बाहिर निस्कने गरेकाले उनीहरुलाई सम्झाउन प्रहरीलाई निकै सकस पर्ने गरेको छ ।

जिद्दी गरी सडकमा निस्कने गरेकाले सुनसरीका केही स्थानमा प्रहरीले उनीहरुलाई घरभित्रै बस्न आग्रह गर्दै लखेट्नु समेत परेको छ । सुनसरीको लौकहीमा प्रतिवन्धका बाबजुत सडकमा हटिया लगाएपछि प्रहरीले व्यापारी र सर्वसाधारणलाई लखेटेको छ । प्रहरीले जिल्लाका अन्य विभिन्न स्थानमा समेत अटेर गरी घर बाहिर निस्केकाहरुलाई डर देखाएर घर पठाएको छ । केहिलाई भने प्रहरीले केहीबेर नियन्त्रणमा लिएर सम्झाएर छाडेको छ ।

सुनसरीमा सुरक्षाकर्मीको उपस्थितिका कारण शहर बजारमा लक डाउन बढी प्रभावकारी देखिएपनि गाउँघरमा भने अटेर गर्ने गरेको पाइएको छ । त्यसैले पनि गाउँ तथा भित्री खण्डमा प्रहरीको गाडी देख्ने वित्तिकै सर्वसाधारण कुलेमल ठोक्ने गरेका छन् । प्रहरीले जिल्लावासीलाई लक डाउनको उल्लङ्घन नगरी घरमै बस्न आग्रह गर्दै आएको छ । सुनसरीमा अघिल्ला दिनको तुलनामा लक डाउनमा कडाई हुँदै जाँदा सर्वसाधारणको साथ समेत बढ्दो क्रममा रहेको छ ।
https://www.facebook.com/inaruwaonline/videos/2556782324537525/?t=0

तपाईको प्रतिक्रिया

trusted online casino malaysia