इनरुवा अस्पतालको गेटमा लगाएको ताला फुटाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गयराती ८ बजेको समयमा इनरुवा अस्पतालको पूर्व तर्फको गेटमा लगाएको ताला फुटाउँदै गर्दा प्रहरीले स्थानीय मनोज यादवलाई पक्राउ गरेको हो ।

अस्पताल स्रोतका अनुसार यादवले गेटको ताला फुटाउँदै गर्दा रङगेहात पक्राउ परेका हुन् । यादवसँगै रहेका बब्लु भगत भने सोही बेला भागेको अस्पतालले जनाएको छ ।
इनरुवा अस्पतालका मेसु डा. सन्तोष राईले ताला फुटाउँदै गर्दा पक्राउ परेका यादवलाई प्रहरीको जिम्मा लगाइएको बताए । डा. राईले इनरुवा अस्पतालमा यस्तो घटना यसअघि समेत हुने गरेको बताए । पछिल्लो घटनामा संलग्न व्यक्ति भने रङगेहात पक्राउ परेको उनले बताए । डा.राईले अस्पताल जस्तो संवेदनशील क्षेत्रमा हुने कुनैपनि त्यस्ता कार्य स्विकार्य नहुने बताए । उता घटनामा संलग्न रहेको भनिएका बब्लु भगतले आरोप र हल्ला भने फैलाइएको जस्तो नभएको बताएका छन् । बिरामीलाई उपचारका क्रममा अस्पताल पुर्याइएको अवस्थामा अस्पताल पश्चिम तर्फको औषधी पसल बन्द भएकोले नजिकै रहेको पूर्व तर्फको गेट खोल्नु पर्छ भनी आवाज उठाउँदा उक्त घटनाक्रम सृजना हुन पुगेको भगतको भनाई छ । उनले पक्राउ परेका यादव समेत छुटी सकेको बताए ।
https://www.facebook.com/inaruwaonline/videos/2556782324537525/?t=0








